झापा : झापाको शिवसताक्षी नगरपालिकास्थित कनकाई खोलामा माछा मार्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका युवकको दुई दिनपछि शव फेला परेको प्रहरीले जनाएको छ ।
कनकाई नगरपालिका वडा ४ त्रिवेणी टोलका २४ वर्षीय सविन श्रेष्ठको शव शनिबार (आज) दिउँसो फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिष बुढाथोकीका अनुसार माछा मार्नेक्रममा श्रेष्ठ डुबेको भनिएको ठाउँदेखि करिब पाँच सय मिटर दक्षिणमा श्रेष्ठको शव फेला परेको हो ।
बिहीबार दिउँसो ३ बजेदेखि बेपत्ता भएका श्रेष्ठको गोताखोरसहितको टोलीले खोजी गर्दैआएको थियो ।
शिवसताक्षी नगरपालिका वडा १० स्थित कन्काइ खोलामा श्रेष्ठ बेपत्ता भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post