झापा : झापाको बुद्धशान्ति गाउँपालिका १ मा रहेको कुलोमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका २ का १९ वर्षीय मनोज तामाङ रहेका छन् ।
कुलोमा डुबिरहेको भन्ने सूचना पाएसँगै तत्काल खटिएको प्रहरी टोलीले कुलोबाट उद्धार गरी उपचारको लागि बी एण्ड सी अस्पतालबाट बिर्तामोड पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।














Discussion about this post