झापा : झापाको मेचीनगर नगरपालिका १ तिरिङ्ग दोभानस्थित मेची हाम फालेकी एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
इलामको रोङ गाउँपालिका ६ बस्ने ४० वर्षीया महिला शुक्रबार नदीमा हाम फालेकी थिइन् ।
यसबारे सूचना पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल बिओपी तिरिङ्गबाट खटिएको टोलीले उनको सकुशल उद्धार गरेको हो । उनलाई आफन्तको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।














Discussion about this post