झापा :झापाको कमल गाउँपालिका ३ स्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्कँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका ३ का ३० वर्षीय वीरेन्द्र सहनी रहेका छन् ।
कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीकाअनुसार दक्षिणबाट उत्तरतर्फ गइरहेको मे ११ प ९२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे २ प ५९२३ नम्बरको मोटरसाइकल आपसमा ठोक्कँदा ५९२३ नम्बरको मोटरसाइकलका चालक सहनीको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post