झापा : झापाको कनकाई नगरपालिका वडा नं. ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदी रहेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मंगलबार साँझ उनी सवार प्र १–०१–०१३ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो जीपले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि विर्तामोडस्थित बिएन्डसी हस्पिटल पुर्याइएको थियो । उनलाई हस्पिटलमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
जीप चालक पाँचथर हिलिहाङ गाउँपालिका वडा नं. ७ बस्ने ३७ वर्षीय होमप्रसाद सेन्चुरीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post