Friday, September 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुर : मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८०
in समाचार
0
भोजपुर : मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना
199
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । यहाँ आउने पयर्टकलाई पदमार्गका बारेमा आवश्यक जानकारी दिन चखेवामा पर्यटन सूचना केन्द्र तयार हुन लागेको हो ।

टेम्केमैयुङ गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा सूचना केन्द्र निर्माण भइरहेको छ । पहिलो चरणमा गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा करिब रु ७२ लाख लागतमा सूचना केन्द्र निर्माण भइरहेको छ ।

यस आवमा पनि प्रदेशका ६५ प्रतिशत र गाउँपालिकाको ३५ प्रतिशत लागतमा भवनलाई पूर्णता दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिए । आधा रोपनी क्षेत्रमा निर्माण भइरहेको सूचना केन्द्रबाट आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षित पदयात्राका लागि सूचना प्रदान गरिने उनको भनाइ छ ।

‘मुन्दुम पदमार्ग नेपालकै एक स्थापित पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ’, उनले भने, ‘यो पदमार्गमा धेरैको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको छ । आउने पर्यटकलाई आवश्यक सूचना प्रदान गर्नका लागि प्रदेश सरकारसँगको सहकार्यमा पर्यटन सूचना केन्द्र निर्माण गरिरहेका छौँ ।’

सूचना केन्द्रलाई यो आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने लक्ष्य रहेको जनाइएको छ । दोस्रो चरणको कामका लागि केही समयपछि बोलपत्र आह्वान गरेर काम सुरु गरिने प्रशासकीय अधिकृत न्यौपानेले बताए ।

‘पदमार्गमा आउने पर्यटकको अभिलेखसँगै आवश्यक सूचना दिनका लागि एउटा सूचना केन्द्रको आवश्यकता रहेको छ’, उनले भने, ‘त्यही भएर यहाँ सूचना केन्द्रको निर्माण गरेका हौँ । कामलाई अन्तिम चरणमा पुर्याएका छौँ । यो आर्थिक वर्षभित्र पूर्णरूपमा सम्पन्न गरेर सञ्चालनमा ल्याउने लक्ष्य छ ।’

टेम्केमैयुङ गाउँपालिका प्राकृतिकरूपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा जुटेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । सूचना केन्द्रबाट पदमार्गको विषेशता, यसको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने उपाध्यक्ष राईले बताइन् ।

‘यो पदमार्ग पूर्वको मुख्य पर्यटकीयस्थल हो’ उनले भनिन्, ‘पर्यटकको सुरक्षित र सहज यात्राका लागि सूचना प्रदान गर्न आवश्यक छ । अबका दिनमा पर्यटकलाई यो सूचना केन्द्रबाट आवश्यक जानकारी प्रदान गछौँँ । यसले यहाँको भ्रमणका लागि आउने पाहुनालाई सहजता थप्ने छ ।’

अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडा, तराईका समथर फाँटको मनोरम दृश्यावलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले मुन्दुम पदमार्गमा पर्यटकको सङ्ख्या बढेको उपाध्यक्ष राईले बताइन् । त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किराँतहरूको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसेमैदान, स्थानीय गोठवालाले पालेका चौँरी, भेडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने उनको भनाइ छ ।

‘यो नेपाल सरकारको घुम्नैपर्ने सय गन्तव्यभित्र पर्न सफल पर्यटकीयस्थल हो’, उपाध्यक्ष राईले भनिन्, ‘यो क्षेत्रमा पदयात्रा गर्न स्वदेश तथा विदेशबाट पर्यटक आइरहेका छन् । यो क्षेत्रमा आउने पर्यटकलाई यहाँको प्राकृतिक सुन्दरताले मोहित पार्ने गर्दछ । यो पदमार्गलाई थप विकासका लागि हामीले योजनाबद्धरूपमा काम गरिरहेका छौँ ।’

यहाँका किरात राई, शेर्पा, तामाङलगायत जातजातिको पहिचान झल्कने परिकार, गोठवालाले उत्पादन गर्ने अग्र्यानिक खानेकुरा, विभिन्न किसिमका वनस्पति, जडीबुटीलगायतको स्वाद लिन सकिन्छ । यो पदमार्ग नेपालका सबै हिमाललाई एकै ठाउँबाट हेर्न सकिने स्थान पनि हो ।

उकालो–ओरालो हुँदै फैलिएको उक्त पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक–३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला हेर्न सकिन्छ । किरात राईहरूको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किराँत राईहरूको ‘मुन्दुम’ संस्कारबाट राखिएको छ ।

करिव ६२ किलोमिटर निर्माण सम्पन्न पदमार्गमा २१ वटा विश्रामस्थल, २३ वटा खानेपानी धारा, ५७ वटा ढुङ्गे चौतारा निर्माण गरिएको जनाइएको छ । त्यस्तै किरात राईको संस्कृति झल्कने (चिण्डो आकार)का १५ वटा पोखरी निर्माण गरिएको छ । यहाँको पर्यटनलाई माथि उकास्न र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा टुरिजम हब बनाउने लक्ष्यका साथ काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

पर्यटकीय हिसाबले पैदलयात्रा गर्ने पर्यटकका लागि ‘अल्पाइन जोन’ सन्तुलित हावापानी भएको यो पदमार्ग उपयुक्त भएको र लेक लाग्ने समस्या नहुने पर्यटनसँग सम्बन्धित विज्ञहरूको भनाइ छ ।

प्राकृतिक सुन्दरताले मनमोहक दृश्यावलोकन गर्न, हावापानीको हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गर्मी नहुने सन्तुलित हावापानी रहेकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको गाउँपालिकाको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र पर्यटनलाई व्यवसायीकरण गर्न यो पदमार्गले सहयोग पुर्याउने गाउँपालिकाले जनाएको छ ।

यो पदमार्ग भोजपुर र खोटाङको सिमना तावाभञ्याङ–चखेवा भञ्याङ–धोद्रे–हाँस पोखरी–तारा खसको–बलौटे भञ्याङ–लौरी भञ्याङ–निकास माने हुँदै भोजपुरको सबैभन्दा अग्लो चुचुरो सिलिचुङ डाँडामा पुगेर एकराते–पखुवा भञ्याङ–बाघखोर–सुन्तले–बाघखोर हुँदै भोजपुर नगरपालिका–१० भैँसीपङ्खाको साम्पाङ चोकमा आएर टुङगिन्छ । यो मुन्दुम पदमार्गले यहाँका वन्यजन्तुको आरक्षण क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना बोकेकाले यहाँको पर्यटन व्यवसाय फस्टाउने सम्भावना रहेको पर्यटनको क्षेत्रका विज्ञहरुको भनाइ छ ।

 

Tags: #पर्यटन#भोजपुर#राससमुन्दुम पदमार्ग
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग
समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी — गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि हिसान सुनसरीले...

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भदौ १८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.