झापा : झापाको भद्रपुर नगरपालिका ५ स्थित मेची पुलबाट लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार (आज) प्रहरी बिट मेची पुलबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा झापा मेची नगरपालिका १३ चारआली बस्ने ३३ वर्षीय नितेश लिम्बूलाई पक्राउ गरिएको हो ।
उनले चलाएको प्र १-०१-०१६ प ३७११ नम्बरको स्कुटरको डिकिमा लुकाईछिपाई ल्याएको १ ग्राम ६६० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका लिम्बूको वडा प्रहरी कार्यलय भद्रपुरबाट थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post