झापा : झापाको भद्रपुर नगरपालिका ४ तारानगर स्थितबाट चोरीको मोटरसाइकलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका २ का ३५ वर्षीय जफिर आलम र भारतको बिहार किसनगंज जिल्ला शकिनतोतुलगुडी रुईधासाका २९ वर्षीय मो. जुबेर रहेका छन् ।
उनीहरूलाई सोमबार (आज) मे ११ प ४३०७ नम्बरको मोटरसाईकल चोरी गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उक्त मोटरसाइकल बिर्तामोड नगरपालिका ४ मेघावारीबाट चोरी गरी ल्याएको खुल्न आएको छ भने घटना सम्बन्धमा वडा प्रहरी कार्यालय भद्रपुरबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post