झापा : झापाको दमकमा भएको हत्या प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई झापा प्रहरीले सार्वजनिक गरेको छ।
गत शुक्रबार बिहान ४ बजे दमक ७ हाट खोला र इलाम चुलाचुलीका युवाहरुबीच ग्याङ फाइटको क्रममा छुरा प्रहारबाट चुलाचुली ३ निवासी ३८ वर्षीय गोविन्द लिम्बूको मृत्यु भएको हो ।
कुमाल चोक नजिकै एक होटेलमा उनीहरूसँगै बसेर रातभर मादक पदार्थ सेवन गरेका थिए । सोही क्रममा विवाद हुँदा झडप भएको थियो । दमक ७ बस्ने २५ वर्षीय सनम राईले लिम्बूलाई छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट मृत्यु भएका लिम्बूको हत्यामा संलग्न मुख्य आरोपी दमक ७ का २२ वर्षीय सनम राईसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो ।
इलाका प्रहरी कार्यालय दमकमा सोमबार पत्रकार सम्मेलन गरी मुख्य आरोपी राईसहित दमक–१ का २२ वर्षीय आनन्द भुजेल, दमक–७ कै १८ वर्षीय सवास आलम, दमक–१ कुमाल चौककोरूरुवेल माछा फ्राईका सञ्चालक विशाल कुमाल, दमक–१ का २५ वर्षीय नामुद थेवे, २२ वर्षीय राजकुमार भुजेल, २६ वर्षीय आकाश केरूङ, दमक–७ का २३ वर्षीय राहुल श्रेष्ठ, २८ वर्षीय सलमान लिम्बू, इलाम चुलाचुली–४ का ३१ वर्षीय सन्दिप राई, सोही पालिका–३ का ३८ वर्षीय सूर्य केरूङ, ३८ वर्षीय उपेन्द्र राईलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले बताए।
घटनाकै दिन होटल सञ्चालक कुमालसहित आठ र सोमबार मुख्य आरोपी सनम राईसहित तीन जनालाई मोरङको उर्लाबारी–१ टप्पु टोलबाट नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
दमक–१ स्थित कुमाल चौकको रूवेल माछा फ्राईमा मदिरा सेवन गरेपछि आपसी झगडा हुँदा आरोपी राईले लिम्बूको घाँटी तथा हातमा छुरा प्रहार गरी हत्या गरेका थिए
हत्यालगत्तै उनी फरार थिए र आज खोजतलासका क्रममा संयुक्त प्रहरी टोलीले राईसहित तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post