झापा : मुद्दा मिलाई दिन्छु भन्दै एक लाख रुपैयाँ ठगी गरेको आरोपमा दमक नगरपालिका ५ क्याम्पस मोड बस्ने ३८ वर्षीय शिवनारायण सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
दमक नगरपालिका २ बस्ने २७ वर्षीय तिलकराम खवासको कोठाबाट तिलकराम, दीपक साह र रेशम गौतमलाई अवैध लागूऔषध ब्राउनसुगरसहित गत असार २६ गते प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरूमाथि जिल्ला अदालतबाट म्याद थप लिइ अनुसन्धान भइरहेको अवस्थामा दीपक साहको आफन्तलाई मुद्दा मिलाई दिन्छु भनि शिवनारायणले उक्त नगद ठगी गरेको भन्ने जानकारी गराउन साथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई दमक बजारबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post