Sunday, May 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

खोटाङ : लिफ्टिङ खानेपानी आयोजना बन्द हुँदा तीन महिनादेखि कालापानीवासी समस्यामा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १७, २०८०
in समाचार
0
खोटाङ : लिफ्टिङ खानेपानी आयोजना बन्द हुँदा तीन महिनादेखि कालापानीवासी समस्यामा
128
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको कालापानीमा करिब एक हजार आठ सय मिटर तल रहेको सुनकोशीबाट विसं २०७६ पुस २४ गते लिफ्ट गरेर पानी निकालिएको थियो ।

साविकको लिच्कीराम्चे–७ का ९७ घरलाई लक्षित गर्दै सञ्चालन गरिएको रसुवाघाट–कालापानी लिफ्टिङ खानेपानी आयोजना विसं २०७७ पुस–११ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाका तत्कालीन गाउँपालिका प्रमुख भूपेन्द्र राईले औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो ।

खानेपानी अभावमा बसाइँ सर्नुपर्ने बाध्यतामा रहेका कालापानीबासीका लागि सुरुका केही दिन लिफ्टिङ खानेपानी आयोजनाले राहत मिलेको थियो । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका कालापानीका स्थानीयवासी ढिलै भए पनि आफ्नो गाउँमा लिफ्टिङ खानेपानी आयोजना भएपछि हर्षित भएका थिए ।

कहिले बेलामा विद्युत् महसुल बुझाउन नसक्दा र कहिले उपकरण बिग्रँदा रसुवाघाट–कालापानी लिफ्टिङ खानेपानी आयोजना बन्द हुने गरेको छ । नेपाल सरकार, खानेपानी तथा सरसफाइ मन्त्रालयको अनुदान तथा उपभोक्ताको रु ३६ लाख बराबरको श्रमदान गरी रु एक करोड ८० लाखमा सञ्चालन गरिएको लिफ्टिङ खानेपानी आयोजना तीन महिनादेखि बन्द छ ।

एउटा लिफ्टको मोटर चलाउने पाइनल बोर्ड बिग्रेका कारण गत असारदेखि रसुवाघाट–कालापानी लिफ्टिङ खानेपानी आयोजना बन्द भएको उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले जानकारी दिनुभयो । “खानेपानी आयोजना बन्द भएपछि समस्या भएको छ । स्थानीयस्तरबाट मर्मत गर्ने सम्भावना छैन”, उहाँले भन्नुभयो, “प्रदेश सरकार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय खोटाङले उपकरण खरिद गरिदिने र दसैँअघि लिफ्टिङ खानेपानी आयोजना पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

खानेपानीको समस्या चर्किदै गएपछि कालापानीमा सुनकोशीको पानी लिफ्ट गर्ने प्रयासस्वरुप विसं २०७० मा डिटेल सर्भे गरिएको थियो । विसं २०७२ चैत ११ गते शिलान्यास गरेर पाँच वर्षपछि सञ्चालनमा ल्याइएको रसुवाघाट–कालापानी खानेपानी आयोजना खोटाङकै पहिलो  लिफ्टिङ आयोजना हो ।

कालापानीमा खानेपानीको समस्या हल गर्न नदीको पानी निकाल्नु वा बस्ती सार्नुपर्ने अवस्था देखिएपछि तत्कालीन गाउँपालिका प्रमुख एवं वर्तमान प्रदेशसभा सदस्य राईकै पहलमा रसुवाघाट–कालापानी लिफ्टिङ आयोजनाको काम अघि बढाइएको थियो । लिफ्टिङ आयोजनाका लागि नदी किनारमा मेसिन राख्ने घर निर्माण गरेर पानी तान्ने बोरिङ उपकरण जडान गरिएको छ ।

विद्युत्को सहायतामा ५० एमएमको जिआइ पाइपमार्फत १०\१० हजार लिटर क्षमताको दुईवटा सप्लाई ट्याङ्कीमार्फत सबैभन्दामाथि गाउँमा निर्माण गरिएको ३५ हजार लिटर क्षमताको आरसिसि ट्याङ्कीमा पानी जम्मा गरेर वितरणको व्यवस्था मिलाइएको छ ।

कालापानीमा सुनकोशीको पानी तान्ने योजना सुरु भएसँगै हलेसी क्षेत्रमा दूधकोशीको, रावाबेँसीको डुम्रेधारापानीमा दूधकोशीको र दिक्तेलमा साप्सुखोलाको पानी लिफ्ट गर्ने योजनाको काम भइरहेका छन् ।

लिच्कीराम्चेमा केही समयअघिदेखि दिहुँखोला खानेपानी योजना सञ्चानलनमा ल्याइएपछि लिफ्टिङ आयोजनाको पानी प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था हटेको छ । लिफ्टिङ गरिएको नदीको पानीभन्दा दिहुँखोलाको पानीको महसुल सस्तो पर्ने भएकाले पछिल्लो समय उपभोक्ताले  लिफ्टिङ गरिएको पानी कम प्रयोग गर्न थालेका छन् ।

लिफ्टिङ गरिएको खानेपानीको महसुल मासिक न्यूनतम रु पाँच सय पर्छ जब कि दिहुँखोलाको पानीको महसुल वार्षिक रु पाँच सय पर्ने गरेको अध्यक्ष राउतले जानकारी दिनुभएको छ । गत असारअघिको करिब रु दुई लाख विद्युत् महसुलमध्ये अझै रु ५०/६० हजार महसुल चुक्ता गर्न बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ ।

Tags: #खोटाङ#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा
FEATURE BREAKING

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

by अर्जुन उप्रेती
बैशाख २६, २०८३
0

वैशाख २० गते भत्केको खुम्बु आइसफल यस वर्ष झनै खतरनाक छ । हाम्रो टोली गएको ५ मिनेटपछि मे ५ को...

पूर्वी नाकाबाट कफीको आयात बढ्यो
विविध

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

by रासस
बैशाख २६, २०८३
0

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाभियान’ कार्यक्रम सुरु गरिएको छ...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानको एक होटलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैशाख २६, २०८३
हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

बैशाख २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

बैशाख २६, २०८३
पूर्वी नाकाबाट कफीको आयात बढ्यो

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

बैशाख २६, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानको एक होटलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1554 shares
    Share 622 Tweet 389
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    481 shares
    Share 192 Tweet 120
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.