झापा : झापाको गौरादह नगरपालिका २ स्थित लायन्स चिल्ड्रेन पार्कको फाउन्टेनमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरादह १ का अन्दाजी १४ वर्षीय सत्यम राई रहेको प्रहरीले जनाएको छ ।
पाँचजना साथीसँग खेल्ने क्रममा सत्यम फाउन्टेनमा डुबेको प्रहरीले जनाएको छ ।
सोमवार बिहान ८ः३० बजेको समयमा राईको शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post