झापा : झापाको भद्रपुर नगरपालिका ३ स्थित मेची झोलुङ्गे पुलमा प्रहरी चौकी मेचीपारी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गरेको चेकजाँचको क्रममा प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरिएको छ ।
भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको १९ वर्षीय निसान लिम्बू र २४ वर्षीय रिवज रनपहेलीलाई उनीहरूले नशालु पदार्थ सेवन गरेको पाइएकोले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
साथै मंगलबार झापाको दमक नगरपालिका १ बस्ने २१ वर्षीय रुस्बिन लिम्बू भनिने विवेक फियाक लिम्बू साइकल बुझ्न आएकोले शङ्का लागेर उक्त साइकललाई चेकजाँच गर्दा साईकलको सिट मुनी सिट स्टेण्ड फलाम भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागूऔषध ब्राउनसुगर १४ ग्राम १५० मिलिग्राम फेला परेको थियो ।
थप अनुसन्धान गर्दा निजहरूको साथी झापाको दमक नगरपालिका २ बस्ने निश्चल भन्ने विक्रम लिम्बूसमेत संलग्न रहेको पुष्टि भएको प्रहरीले बताएको छ । पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।













Discussion about this post