विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् ।
कार्कीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेक सबै दलले विश्वासको मत दिएका हुन् । प्रदेशसभाको बुधबारको बैठकमा सभाको अध्यक्षता गरेकी उपसभामुख सिर्जना दनुवारले कार्कीका पक्षमा विश्वासको मत प्राप्त भएको घोषणा गरिन् ।
प्रस्तावमा मतदान हुँदा पक्षमा ८६ मत र विपक्षमा ५ मत परेको थियो । बैठकमा ९१ सदस्य उपस्थित थिए । राप्रपाका १ सांसद अनुपस्थित रहे । प्रदेशसभा ९३ सदस्यीय छ ।
कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ८६ सांसदले विश्वासको मतको प्रस्तावको पक्षमा मत दिएका हुन् । राप्रपाका ५ सांसदले भने विश्वासको मत दिएनन् ।
यअसघि मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि बैठकमा प्रस्ताव पेस गरेका थिए ।
मुख्यमन्त्री नियुक्त भएको पाँच दिनमै कार्कीले विश्वासको मत लिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार गत शनिबार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।














Discussion about this post