दमक : झापाको दमक नगरपालिका ५ सुकुम्बासी टोलस्थितबाट लागूऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २४ वर्षीय समीर गजमेर, २४ वर्षीय रोशन माझी, सोही स्थान ६ नं. वडाका २९ वर्षीय रोशन बुढाथोकी र इलाम चुलाचुली गाउँपालिका ४ का २३ वर्षीय सागर लिम्बू रहेका छन् ।
समीरको घरमा ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ब्राउनसुगर ३ ग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारैजनामाथि इलाका प्रहरी कार्यालय दमक झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post