झापा : झापाको बाह्रदशी ६ स्थित भित्री सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ११ प ६२२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र १–०१–०१४प ७६४८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना भएको हो ।
दुर्घटनामा मे ११ प ६२२६ नम्बरको मोटरसाइकलका चालक बाह्रदशी ६ बस्ने ३८ वर्षीय कृष्ण थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार गम्भीर भएका उनको उपचारका क्रममा बीएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो ।
दुवै सवारीसाधन र प्र १–०१–०१४प ७६४८ नम्बरको मोटरसाइकलका चालक बाह्रदशी ५ बस्ने देवीप्रसाद प्रसाईँलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post