Saturday, September 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

अमेरिकी रुहानी, नेपाली प्रेयङ्का

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ७, २०८०
in समाचार
0
82
SHARES
Share on FacebookShare on Twitter

ओखलढुङ्गा : बडादसैँको टीकाको साइत सुरु हुँदै गर्दा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारान पूजामा व्यस्त हुनुहुन्थ्यो । नातिनी अमेरिकामा भए पनि न्वारान पूजा भने यहाँ भएको घरको आँगनबाटै अनलाइनमार्फत पुरोहित भोला दाहालले गराइरहनुभएको थियो ।

“काखमा नातिनी खेलाउँदै उसको न्वारान पूजा गर्न मन थियो । तर छोराबुहारी र नातिनी अमेरिकामा, हामी नेपालमा ”, घिमिरेले भन्नुभयो, “अनलाइनबाट भए पनि आफ्नै आँगनबाट न्वारान गर्न पाएँ ।” डेढ वर्षअघि ‘डाइभर्सिटी भिसा’मा छोराबुहारी अमेरिका गए । नातिनीको जन्म पनि उतै भयो । तर न्वारान भने गाउँबाटै अनलाइनमार्फत भयो ।

अमेरिकाको न्यूयोर्कमा रहेका बाबु ज्ञानेन्द्र घिमिरे र आमा रीता दाहाल पुरोहितले अनलाइनमार्फत भने अनुसारको मिल्नेसम्मका क्रियाकलापमा सहभागी हुनुभयो । आज टीकाको दिन भए पनि अनलाइनमार्फत भइरहेको न्वारान हेर्न छिमेकी भेला भएका थिए ।

सनातन हिन्दू परम्पराअनुसार नै न्वारान कर्म सञ्चालन गरिएको कर्मकाण्डका ज्ञाता युवराज घिमिरेले बताउनुभयो । वैदिक संस्कार, शास्त्रीय मर्म र षोडष संस्कारअनुसार न्वारान गरिएको उहाँको भनाइ छ ।

न्वारान कर्ममा सहभागी विक्रम दाहाल यस क्रियाकलापलाई प्रविधिको विकासले दिएको अवसरका रुपमा लिनुहुन्छ । “प्रविधिको विकासका कारण नेपालबाटै अमेरिकामा रहेकी शिशुको न्वारान सम्भव भयो”, उहाँले भन्नुभयो ।

अनलाइनबाटै भए पनि पनातिनीको न्वारान गर्न पाउँदा आफू अत्यन्तै हर्षित भएको ८७ वर्षीय जिजुआमा ईश्वरीदेवी घिमिरेले सुनाउनुभयो । उहाँले गाउँमा यस किसिमको कर्म पहिलो अनुभव भएको बताउनुभयो ।

अमेरिकी रुहानी, नेपाली प्रेयङ्का

पुरोहित भोला दाहालले हिन्दू संस्कार र नेपाली पात्रोअनुसार शिशुको नाम प्रेयङ्का राख्नुभयो । “आफ्नो संस्कार अनुरुप अग्निस्थापना गरी नवजात शिशुको नामकरण विधि सम्पन्न भएको छ,” उहाँले भन्नुभयो ।

तर शिशुकी आमा रीता दाहाल अमेरिकामा अस्पतालको नियमअनुसार छोरी जन्मनु पाँच दिन अघि नै छोरीको नाम रुहानी राखिएको सुनाउनुभयो । “बच्चा जन्मिनु अघि नै डाक्टरलाई नाम दिनुपर्ने रहेछ । जन्मने बित्तिकै डाक्टरले ‘वेलकम रुहानी’ भनेको सुन्दा म अत्यन्तै खुसी भएँ । गर्व महसुस गरेँ”, उहाँले भन्नुभयो । नामकरण गर्दा पुरोहितले भने झैँ आफै कोठामा शुद्ध पानी छर्किएको बुबा ज्ञानेन्द्रले सुनाउनुभयो ।

भूमण्डलीकरणसँगै अन्तर्राष्ट्रिय बसाइसराइ सामान्य बन्दै गएको छ । मानिसहरु रोजगारी र उच्च शिक्षाका लागि गाउँबाट सहर र सहरबाट विदेशसम्म पुग्नु सामान्य बन्दै गएको छ । भौतिकरुपमा जतिसुकै टाढिए पनि सांस्कृतिकरुपमा जोडिनका लागि भने इन्टरनेट र सामाजिक सञ्जालले सहज बनाएको छ ।

शिशुका हजुरबुबा योगेन्द्र छोराबुहारी र नातिनी आफूसँगै नेपालमा नभए पनि आफ्नो परम्परागत संस्कारमा उनीहरुलाई सामेल गराउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । अनलाइनमार्फत यस्ता कर्म सहरमा सामान्य भए पनि गाउँका मानिसलाई नौलो र रमाइलो अनुभूति दिलाएको छ ।

Tags: #ओखलढुंगा#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी
समाचार

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

इटहरी : इटहरीमा लागूऔषध नाइट्राजेपाम ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–२० तरहरा पानीपिया जंगलस्थित कोशी लोकमार्गमा संयुक्त...

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर
खेलकुद

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

इटहरी : खेलकुदको पर्याप्त सम्भावना र पूर्वाधार हुँदाहुँदै पनि इटहरीलाई ‘स्पोर्ट्स सिटी’ घोषणा गर्न नसक्दा खेल क्षेत्रले धेरै अवसर गुमाएको...

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

भदौ १९, २०८३
हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

भदौ १९, २०८३
भगवान् श्रीकृष्णसँग जोडिएका यी रहस्यमय १० तथ्य

भगवान् श्रीकृष्णसँग जोडिएका यी रहस्यमय १० तथ्य

भदौ १९, २०८३
कृष्ण जन्मोत्सवमा इटहरीको प्रणामी मन्दिर भरिभराउ (तस्बिरहरू)

कृष्ण जन्मोत्सवमा इटहरीको प्रणामी मन्दिर भरिभराउ (तस्बिरहरू)

भदौ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

भदौ १९, २०८३
‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

भदौ १९, २०८३
सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

भदौ १९, २०८३
हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

भदौ १९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.