झापा : झापाको छुट्टाछुट्टै दुई स्थानमा करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको छ ।
झापाको दमक नगरपालिका ३ स्थित खोल्सीमा निर्माण भइरहेको पुलमा काम गर्ने क्रममा भोजपुर नगरपालिका ११ का ४५ वर्षीय चंखबहादुर सार्कीलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा अरनीको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको कन्काई नगरपालिका ३ स्थितमा हरिहर पराजुलीको दुई तले घरमा टिनको छाना लगाउने क्रममा कन्काई नगरपालिका ६ का ३६ वर्षीय रामकुमार श्रेष्ठले फलामको पाईप बोक्ने क्रममा अचानक बिजुलीको तारमा छुदाँ करेन्ट लाग्दा श्रेष्ठको मृत्यु भएको हो ।
करेन्ट लागर गम्भीर घाइते उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।












Discussion about this post