मोरङ : मोरङको पथरीमा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।
पिठारीको रुखबाट लडेर पथरीशनिश्चरे नगरपालिका ५ शान्ति टोलकी अन्दाजी ३६ वर्षीया कल्पना श्रेष्ठको मृत्यु भएको हो ।
प्रहरीका अनुसार कल्पना घर पछाडि रहेको पिठारीको रुखमा घाँस काट्न चढेकी थिइन् ।
घाँस काट्ने क्रममा बिहीबार बिहान ८ः३० बजेतिर उनी रुखबाट लडेर घाइते भइन् ।
गम्भीर घाइते अवस्थाकी उनको उपचारका क्रममा शुक्रबार (आज) दिउँसो १ः१० बजेतिर विराटनगरको आर्या न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।












Discussion about this post