Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

ताप्लेजुङ : ‘रेडपाण्डा’को गतिविधि बुझ्दै विद्यार्थी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ९, २०८०
in समाचार
0
ताप्लेजुङ : ‘रेडपाण्डा’को गतिविधि बुझ्दै विद्यार्थी
86
SHARES
Share on FacebookShare on Twitter

फुङ्लिङ (ताप्लेजुङ) : जैविक विविधतामा ताप्लेजुङ एक दुर्लभ मानिने हाब्रे (रेड पाण्डा)को चरन क्षेत्र हो ।

ताप्लेजुङका ग्रामीण क्षेत्रमा रेड पाण्डा वासस्थान रहेको छ । यस क्षेत्रमा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्चको समन्वयमा रेडपाण्डा संरक्षणका विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

रेडपाण्डा संरक्षणका लागि विद्यालयस्तरबाट नै जनचेतनको विकास गर्ने उद्देश्यले विद्यालयमा रेडपाण्डाका गतिविधिका बारेका पढाइ हुँदै आएको हिमाली संरक्षण मञ्चले जनाएको छ । रेडपाण्डाको बास स्थान जोडिएका बस्तीका विद्यालयमा यसको संरक्षणका लागि पढाइ भइरहेको हो ।

विद्यार्थीलाई पढाइसँगै रेडपाण्डाको चरन क्षेत्र तथा बास स्थानको प्रत्यक्ष अध्ययन गर्नुका साथै अवलोकन गर्दै आएका छन् । गत बिहीबार फुङ्लिङ नगपालिका-१० अवस्थित माध्यमिक विद्यालयका ३२ र शुक्रबार फक्ताङलुङ गाउँपालिका-३ सिंवा माध्यमिक विद्यालयका २४ विद्यार्थीले रेडपाण्डाका गतिविधिका बारेमा अध्ययन गर्नुका साथै वासस्थानको प्रत्यक्ष अवलोकन गरेका छन् ।

रेडपाण्डा आधारित आउटडोर शिक्षा कार्यक्रममार्फत विद्यार्थीलाई रेडपाण्डाको वासस्थानको अध्ययन तथा अवलोकन गइएको हिमाली संरक्षण मञ्चले जनाएको छ । विद्यार्थीले फुङ्लिङ नगरपालिका-९ देउरालीमा अवस्थित हिमालय हाब्रे सेन्टरको अध्ययन तथा अवलोकनसमेत गरेका छन् । हाब्रे सेन्टरको बनावट, आगामी योजनाका बारेमा मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभएको थियो ।

ताप्लेजुङको सदरमुकामदेखि नजिकै रहेको देउराली भित्री सामुदायिक वन क्षेत्रमा विद्यार्थीले रेडपाण्डाको अध्ययन तथा अवलोकन गरेका मञ्चका प्राविधिक सुमन राईले बताउनुभयो । उहाँका अनुसार देउराली भित्री सामुदायिक वन विशेष गरी रेडपाण्डाको वासस्थान क्षेत्रमा पर्दछ । अवलोकनका क्रममा विद्यार्थीले क्यामेरामार्फत निगरानी गर्न, वनमा रहेका रुखको मापन गर्न, जिपिएस-ग्लोबल पोजिसन सिस्टममार्फत स्थान पत्ता लगाउनेलगायत प्रक्रियाका बारेमा जानकारी गइएको रेडपाण्डा नेटवर्कका संयोजक वाङ्चु भोटियाले बताउनुभयो ।

कक्षाकोठा मात्र बसेर किताबमा लेखिएका जैविक विविधताका विषयमा पढ्दै आएका विद्यार्थी प्रत्यक्ष रेडपाण्डाका चरन क्षेत्र तथा बास स्थानमा पुगेर गतिविधिका बारेमा अवलोकन गर्न पाउँदा सिकाइमा थप मद्दत पुगेको माध्यमिक विद्यालयका शिक्षिका टीका निरौलाले बताउनुभयो ।    

Tags: #ताप्लेजुङ#राससरेडपाण्डा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते
समाचार

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

by टाकुरा न्यूज । इटहरी
भदौ २६, २०८३
0

इलाम : इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीस्थित पोखरी कमरे भित्री कच्ची सडकखण्डमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। आज...

सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु
FEATURE BREAKING

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

by टाकुरा न्यूज । इटहरी
भदौ २६, २०८३
0

उदयपुर । पहिले महेन्द्र राजमार्गको विकल्पका रुपमा पूर्वी नेपाललाई राजधानीसँग जोड्नका लागि निर्माण सुरु गरेर पछि मदन भण्डारी लोकमार्ग नामाकरण...

आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३
पूर्वमा चिया पर्यटन

पूर्वमा चिया पर्यटन

भदौ २६, २०८३
सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    342 shares
    Share 137 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.