झापा : झापामा जातीय विभेद गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मेचीनगर १० बस्ने ३६ वर्षीया रञ्जु विश्वकर्मा कडरियालाई जातीय विभेद गरेको आरोपमा प्रहरीले छिमेकी ४७ वर्षीया मैया दाहाल र ४९ वर्षीया सीता दाहाललाई मंगलबार पक्राउ गरेको हो ।
उनीहरूले जातीय भेदभावसहित अपमान गरेको भन्दै विश्वकर्माले गत असोज २४ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएकी थिइन् ।
छिमेकीबाटै जातीय विभेद र अपमान भोगेपछि उनले असोज २४ गते प्रहरीमा जाहेरी थिइन् ।













Discussion about this post