झापा : २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा गाउँपालिका ४ बस्ने २२ वर्षीय जसवन्त कुमार गणेश रहेका छन् ।
गणेशले ती महिलालाई विर्तामोड नगरपालिका ५ शनिश्चरे रोडस्थित मुन लाईट होटलमा पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













Discussion about this post