Saturday, May 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

धनकुटा : खेलकुद पर्यटनको सुरुआत गर्दै चौबिसे

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २७, २०८०
in खेलकुद, समाचार
0
धनकुटा : खेलकुद पर्यटनको सुरुआत गर्दै चौबिसे
87
SHARES
Share on FacebookShare on Twitter

धनकुटा : धनकुटाको चौबिसे गाउँपालिकाले खेलकुद र कृषिलाई समेटेर ‘खेलकुद पर्यटन’को सुरुआत गर्ने भएको छ ।

आठ वडा रहेको यस गाउँपालिकामा प्रत्येक वडामा सात-एघार क्षेत्रफलका एकदेखि तीनवटासम्म फुटबल मैदान छन् ।

खेल क्षेत्र र कृषिका माध्यमबाट पालिकाको प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय रारा फुटबल क्लबसँगको समन्वयमा खेलकुद पर्यटनको विकास थालिएको पालिकाले जनाएको छ ।

पालिकामा रहेका एक दर्जनभन्दा बढी खेलमैदान निर्माणका लागि १० देखि २५ लाखसम्म खर्च गरिएको पालिका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाकै धेरै फुटबल खेलाडी भएको पालिका चौबिसे हो ।

यस क्षेत्रमा राष्ट्रियस्तरको रारा गोल्डकपसहित वर्षमा ५० देखि ६० फुटबल सञ्चालन हुँदै आएको राजारानी (रारा) फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ भलिबल, ब्याटमिन्टन तथा पुरानो पारम्परिक ढुङ्गाको छेलो हान्ने (सटपुट) लगायत खेलहरू हुने गरेका छन् । स्थानीय चाडपर्व, विभिन्न मेला तथा महोत्सवका साथै राष्ट्रिय चाडपर्वका अवसरमा खेल सञ्चालन हुने गरेको उहाँले जानकारी दिनुभयो ।

खेलप्रतिको आकर्षणकै कारण हाल धनकुटाबाट नेपालको ‘एकेडेमी’, ‘ए डिभिजन’ र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने आठजना खेलाडी चौबिसेबाट रहेका धनकुटा फुटबल सङ्घले जनाएको छ ।

धनकुटा फुटबल सङ्घका अध्यक्षसमेत रहनुभएका रारा क्लबका अध्यक्ष चेम्जोङले जिल्लाबाट गोलरक्षक किरण चेम्जोङ, खेलाडीहरू बुद्ध चेम्जोङ, सुजल श्रेष्ठ, अनुप सुब्बा, पदम भट्टराई, सिर्जना चेम्जोङ र राजु योगी नेपालका ‘ए’ डिभिजन क्लबबाट खेल्ने खेलाडी रहेका जानकारी दिनुभयो ।

“गोलरक्षक चेम्जोङले नेपालका सबै ‘ए’ डिभिजन खेलिसकेर हाल भारतको इन्डियन सुपर लिगमा खेलिरहेका छन् । बुद्ध चेम्जोङ मच्छिन्द्र क्लबको प्रतिनिधित्व गर्दै हाल फ्रेन्च क्लबमा खेलिरहेका छन् भने सिर्जना चेम्जोङ एपिएफबाट खेल्दै हाल अस्टे«लियाको एक फुटबल क्लबबाट खेलिरहेका छन्”, उहाँले भन्नुभयो । सुजल श्रेष्ठले अष्टे«लियाको एक फुटबल क्लबबाट, अनुप सुब्बा पुलिस क्लब, पदम भट्टराई खुमलटार फुटबल क्लब र राजु योगी एपिएफबाट खेलिरहेका अध्यक्ष चेम्जोङले बताउनुभयो ।

उहाँका अनुसार एन्फा रेफ्रीका रूपमा कार्यरत मिलन लिम्बू, तुफान चेम्जोङ, रुसी चेम्जोङ र मयस मल्लिकले धनकुटाबाट राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गरिरहेका छन् । “१६ वर्ष उमेर समूहबाट दिलेन लिम्बू सङ्कटा क्लबको एकेडेमीमा र धिरज बिक १७ वर्ष उमेर समूहबाट फुटबल खेलिसकेका खेलाडी हुन्”, अध्यक्ष चेम्जोङले भन्नुभयो ।

उहाँका अनुसार जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडीमध्ये श्रेष्ठ, भट्टराई, लिम्बू, योगी र मल्लिकबाहेक अन्य सबै चौबिसे गाउँपालिकाबाट प्रतिनिधित्व गर्दछन् ।

फुटबलबाट राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्ने खेलाडीका कारण यस क्षेत्रको खेलकुद पूर्वाधार निर्माण तथा खेलप्रति आकर्षण बढेको उहाँको भनाइ थियो । वि.सं.२०५१ देखि गाउँपालिकामा जिल्लाकै ठुलो क्लबका रूपमा स्थापना भई रारा फुटबल क्लबले प्रतियोगिता गर्दै आएको छ । यस पटक पालिकासँग समन्वय गरी खेलकुदसँगै पर्यटन क्षेत्रको पनि प्रवर्द्धन गर्ने उद्देश्यले खेलकुद पर्यटनको सुरुआत गरिएको बताइएको छ ।

पालिकाको सहयोगमा यस वर्षदेखि खेल पर्यटनका गतिविधि गर्न थालिएको जनाउँदै अध्यक्ष चेम्जोङले मङ्सिरमा तीनदिने खाना महोत्सवसहित प्रथम चौबिसे अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान फुटबल कप सम्पन्न गरिसकिएको जानकारी दिनुभयो । खेलकुद पर्यटनको विकासका लागि पालिका क्षेत्रमा खेल भएको समयमा क्लबले देशभरिका विभिन्न संस्थालाई आमन्त्रण गर्ने गरेको उहाँले बताउनुभयो ।

चेम्जोङका अनुसार उहाँका अनुसार यहाँ विभिन्न पर्व र मेलाहरूमा हुने फुटबल खेलमा कृषि मेला तथा महोत्सवको आयोजन गर्ने गरिएको छ । आगन्तुक खेलाडी तथा खेलप्रेमी पाहुनालाई स्थानीय कृषि उत्पादनबाट बनेका खाने परिकारहरू खुवाउने गरिएको उहाँको भनाइ थियो ।

आगामी दिनमा पर्यटन प्रवर्द्धनका लागि थप योजनाहरू ल्याइने भन्दै चेम्जोङले भन्नुभयो, “हामी जति सक्छौँ आगन्तुक पाहुनाहरूलाई स-शुल्क वा निः शुल्क बसोबास तथा खानपानमा सहयोग गर्नेछौँ ।”

यहाँको खेल क्षेत्रको विकासका लागि सबै स्थानीय तहले सहयोग गरिरहेका जनाउँदै नौबिसेले सबैभन्दा बढी आर्थिक सहयोग गरेको बताउनुभयो । “यहाँ हुने अधिकांश खेलमा आधाभन्दा बढी रकम गाउँपालिकाले दिँदै आएको छ ।

जिल्ला र पालिकास्तरीय खेललाई निरन्तरता दिँदै क्लबले खेल तालिकाअनुसार सबै उमेर समूहको फुटबल, ब्याटमिन्टन, भलिबललगायत प्रतियोगितालाई निरन्तरता दिनेछ”, चेम्जोङले भन्नुभयो ।

पालिकाले यस वर्ष क्लबका लागि २५ लाख बराबरको अक्षयकोष निर्माणका लागि अनुदान दिएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०८०/८१ मा ५३ करोड ९० लाख ५७ हजार कूल बजेट रहेकामा १६ करोड ३२ लाख ३६ हजार पुँजीगत बजेटबाट खेलकुद क्षेत्रका लागि ५७ लाख २० हजार विनियोजन गरेको पालिकाका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार यो रकम जिल्लाका अन्य सात स्थानीय तहले खेल क्षेत्रका लागि छुट्याएको रकममध्ये सबैभन्दा धेरै हो ।

खेल पर्यटन विकासका लागि यहाँ खेलाइने खेललाई प्रत्येक वडामा पालैपालो सञ्चालन गरेर स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तुका साथै स्थानीय खानाको प्रवर्द्धन गरिने अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । “खेलकुद र खानालाई जोडेर खेलकुद पर्यटनको विकास गर्ने हाम्रो मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो । हाल अनौपचारिक रूपमा खेल पर्यटनको कार्यक्रम सुरु भए पनि आगामी वर्षदेखि गाउँपालिकाको आफ्नो नीति तथा कार्यक्रममा नै समावेश गरेर अघि बढ्ने अध्यक्ष लिम्बूको भनाइ थियो ।

उहाँले राष्ट्रपति कप, अध्यक्ष कप तथा यस क्षेत्रका विभिन्न पर्व र अवसरमा आयोजना हुने खेलकुद कार्यक्रमलाई क्रमशः फरक पालिकामा सञ्चालन गरिने बताउनुभयो । फुटबल तथा अन्य खेलका अवसरमा यहाँ आउने पाहुनालाई स्थानीयस्तरमा उत्पादित फलफूल, तरकारी, खानका परिकार खुवाउनुका साथै स्थानीय कला संस्कृतिका बारेमा जानकारी दिने गाउँपालिकाका अध्यक्ष लिम्बूले बताउनुभयो ।

यसले चौबिसे क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नाका साथै खेल क्षेत्रको विकासमा राज्यलाई सहयोगसमेत पुग्ने उहाँको भनाइ थियो । खेल पर्यटनमा जोडिएर यहाँ आउने पर्यटकले सेनकालीन शासन कालका विभिन्न राजा-रजौटा र लिम्बू जातिका ऐतिहासिक स्थलको अवलोकन गर्नुका साथै सदाबहार हरियाली वातावरणको आनन्द लिन पाउनेछन् ।

तालैतालको आधारशिला रहेको यस पालिकामा ताल, झरना, नदी र यहाँको चुरे पहाडबाट हिमाल, पहाड र तराईका दृश्यावलोकन गर्न पाउने अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

Tags: #खेलकुद#धनकुटा#पर्यटन#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा
FEATURE BREAKING

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

by अर्जुन उप्रेती
बैशाख २६, २०८३
0

वैशाख २० गते भत्केको खुम्बु आइसफल यस वर्ष झनै खतरनाक छ । हाम्रो टोली गएको ५ मिनेटपछि मे ५ को...

पूर्वी नाकाबाट कफीको आयात बढ्यो
विविध

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

by रासस
बैशाख २६, २०८३
0

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाभियान’ कार्यक्रम सुरु गरिएको छ...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानको एक होटलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैशाख २६, २०८३
हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

बैशाख २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

बैशाख २६, २०८३
पूर्वी नाकाबाट कफीको आयात बढ्यो

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

बैशाख २६, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानको एक होटलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1554 shares
    Share 622 Tweet 389
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    455 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.