वैशाख २० गते भत्केको खुम्बु आइसफल यस वर्ष झनै खतरनाक छ । हाम्रो टोली गएको ५ मिनेटपछि मे ५ को बिहान सबेरै झुण्डिएको सेराक भत्कियो ।
लाक्पा शेर्पा, माइला शेर्पा र पास्तेम्बा शेर्पाले अग्रगामी साहसिक काम गर्दै हिउँ पहिरोमा परेका साथीहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा पुर्याए ।
दिन बलियो सबै शेर्पाहरू सकुशल रहेको खुम्बु आईसफल पार गरेपछि हिउँ पहिरो गएको स्थान रकफलबाट हामीलाई पवास्तेम्बा शेर्पाले शेर्पाले हामीलाई जानकारी दिए ।
आईसफलको बाटो लामो समयको प्रयासपछि खुले पनि सुरक्षित भने नरहेको आरोहीहरूका लागि क्याम्प खडा गर्न गएको शेर्पा टोलीले बताएको छ ।
अझै पनि एउटा ठूलो हिउँको पहाड क्याम्प १, २ र ३ मा जाने बाटो किनारमा ठिङ्ग उभिएको र कुनै पनि बेला खस्न सक्ने भनेर शेर्पाहरूले आरोहीहरूलाई सचेत गराएका छन् ।
यस्तो खतरनाक अवस्थामा पनि आईसफल डकटरहरूले आफ्नो ज्यानको बाजी राखेर सगरमाथाको चुचुरो पुग्ने बाटो बनाइरहेको र क्याम्प ३ सम्म बाटो खोलिसकेको बताइएको छ । क्याम्प २ भन्दा माथि भने डोरी टाङनेकाममा आरोही अनुभवी शेर्पाहरूको टिमले काम गरिरहेको र चौथो क्याम्पसम्म बाटो तयार भइसकेको बताइएइको छ ।
मे १० सम्ममा शिखर सम्मकै बाटो तयार भइसक्ने र त्यसपछि आरोहीहरूलाई पिक समिटमा लैजाने जानकारी टाकुरा न्यूजलाई प्राप्त भएको छ ।
यसपाली अर्थात् सन् २०२६ मा विगत भन्दा ठूलो हिउँको पहाडहरू देखापरेको, आईसफल अझै फैलिएको र सगरमाथाको आरोहण अझ जटिल बनेको आईसफल डाक्टरका टिम लिडर आङसाकी शेर्पा बताउँछन् ।
अप्रिलको अन्तिम हप्ता रक फलमा बाटो जोखिमपूर्ण भएको र त्यो भन्दा अगाडि जान कठिन भएको जानकारी पर्यटन विभागलाई गराएपछि सरकारको तर्फबाट आईसफल डकटरको संख्या बढाएर जतिसक्दो चाँडो बाटो खोल्न आग्रह गरेको थियो ।
सोही बमोजिम अनुभवी आईसफल डक्टर र विज्ञ आरोहीहरूको संख्या बढाएर बाटो खोल्ने कामलाई तीव्रता दिइएको हो । सन् २०२६ को स्पिङ्र सिजनमा ४ सय ६४ जनाले सगरमाथा आरोहणको अनुमति दिइसकेको पर्यटन विभागले जनाएको छ ।















Discussion about this post