Saturday, May 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धनकुटामा सुन्तला बेचेर लाखौँको कमाई

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ३०, २०८०
in समाचार
0
धनकुटामा सुन्तला बेचेर लाखौँको कमाई
81
SHARES
Share on FacebookShare on Twitter

धनकुटा : धनकुटा नगरपालिका–३ माथिल्लो सिप्तेन गाउँका किसानले व्यवसायी सुन्तला खेतीबाट लाखौँ कमाउने गरेका छन् । नगरको सुन्तला पकेट क्षेत्रका रुपमा रहेको यस गाउँका किसानले सुन्तला बेचेर वार्षिक ४० लाख बढीको सुन्तला बेच्ने गरेका छन् ।

अहिले नगरको सबैभन्दा बढी सुन्तला उत्पादन हुने माथिल्लो र तल्लो सिप्तेन गाउँमा लटरम्म पाकेको सुन्तलाले तिहारमा फुलेको सयपत्री फूल झै रङ्गिचङ्गी देखिएको छ । यहाँ नागरिकको मुख्य पेसा नै सुन्तला खेती भएकाले गाउँका प्रत्येक घरले वार्षिक लाखौँ कमाउने गरेको माथिल्लो सिप्तेन गाउँका राजीन राईले जानकारी दिए ।

गाउँमा प्रत्येक घरले चार देखि १५ लाखसम्म कमाइ गरेको देखेर आफूहरुले पनि सङ्गोलमा रहेको १३ रोपनी पूर्खेउली जमिनमध्ये सात रोपनीमा सुन्तला खेती विस्तार गरेको राईले जानकारी दिए ।

“हाम्रो त बगैँचामा हुर्किदैछ । पुरानो आठ/१० बोट बेचर वर्षमा एक लाखसम्मको बेच्ने गरेका छौँ”, राईले भने, “गाउँमा चार लाख, सात लाख १५ लाखसम्म कमाउनेछन् ।” राईका अनुसार माथिल्लो सिप्तेन गाउँका किसान व्यावसायिक सुन्तला खेतीमा आवद्ध छन् ।

सोही गाउँमा २०५९ सालदेखि २६ रोपनीमा सुन्तला खेती गर्दै आएका राजु कट्टेलले वार्षिक सात लाखभन्दा बढीको सुन्तला बेच्दै आएको जानकारी दिए । हालसम्म बगैँचा विस्तारकै क्रममा रहेकाले आगामी दिनमा वार्षिक १५ लाख बढी कमाइ गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

त्यस्तै वडाको तल्लो सिप्तेन गाउँमा २०२४ सालदेखि सुन्तला खेती गर्दै आएका जीतेन्द्र राईले यो वर्ष ४० देखि ५० लाखको सुन्तला बेच्ने जानकारी दिए । पच्चीस रोपनीबाट हाल ४० रोपनीमा सुन्तला खेती गर्दै आएका राईले सिजनअनुसार दैनिक तीन देखि १२ जनालाई रोजगारसमेत दिँदै आएको जानकारी दिए । गतवर्ष २१ लाखको सुन्तला बेचेका राईले भने, “यो वर्ष पोहोरको तुलनामा सुन्तला बढी फलेकाले ४० लाख बढीको बेच्ने सोचमा छु ।”

विसं २०५२ देखि सुन्तला तथा फलफूलको व्यापार समेत गर्दै आएका राईले गाउँभरी सुन्तला खेती र व्यापारिक चहलपहलका कारण हाल गाउँमा करिब एक सयको हाराहारीले व्यापार सिकेर स्वरोजगार बनेको पनि जानकारी दिए ।

सुन्तला बेचेरै हाल २५ रोपनीबाट ७० रोपनी जमिन जोडेको बताउने राईले तल्लो सिप्तेनको लाँकुरे, शिलिङ्ग्वा गाउँका करिब ७० घर व्यावसायिक सुन्तला खेतीमा आवद्ध रहेको जानकारी दिए ।

अहिले सिप्तेन गाउँको प्राय हरेक घरमा सुन्तलाको नर्सरी र बगैँचाले भरिभराउ छन् । पाँच सय पाँच घरधुरी भएको यस वडामा करिब दुई सय ५० किसान व्यावसायिक सुन्तला खेतीमा आवद्ध रहेको वडाध्यक्ष विकास घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार यस वडामा सुन्तला बेचेर वार्षिक दुई करोडको हाराहारीमा नगद भित्रने गरेको जानकारी दिए । अहिले धनकुटामा सुन्तलाको खुद्रा मूल्य प्रतिकेजी रु ५० देखि एक सय ५० सम्म रहेको छ ।

जिल्लाको सात वटै स्थानीय तहमा खोकु स्थानीय र धनकुटा स्थानीय जातको सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाले जानकारी दिएको छ । जिल्लामा सबैभन्दा बढी सहिदभूमि गाउँपालिका, धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकामा सुन्तला खेती हुने गरेको ज्ञान केन्द्रका प्रमुख नगेन्द्र रानाले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८९–८० मा दुई हजार आठ सय १५ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लामा यो वर्ष हावापानी अनुकूलन भएकाले १५ प्रतिशतसम्म उत्पादन वृद्धि हुने रानाले जानकारी दिए । हाल आठ सय ७७ हेक्टरमा सुन्तलाखेती रहेको धनकुटामा पाँच सय एक हेक्टरले उत्पादन दिँदै आएको ज्ञान केन्द्रको तथ्याङ्क छ ।

Tags: #धनकुटा#राससव्यापार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा
FEATURE BREAKING

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

by अर्जुन उप्रेती
बैशाख २६, २०८३
0

वैशाख २० गते भत्केको खुम्बु आइसफल यस वर्ष झनै खतरनाक छ । हाम्रो टोली गएको ५ मिनेटपछि मे ५ को...

पूर्वी नाकाबाट कफीको आयात बढ्यो
विविध

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

by रासस
बैशाख २६, २०८३
0

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाभियान’ कार्यक्रम सुरु गरिएको छ...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानको एक होटलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैशाख २६, २०८३
हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

बैशाख २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

बैशाख २६, २०८३
पूर्वी नाकाबाट कफीको आयात बढ्यो

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

बैशाख २६, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानको एक होटलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1554 shares
    Share 622 Tweet 389
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    455 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.