झापा : झापाको दमक नगरपालिका ९ बरगाछीबाट स्थानीय २९ वर्षीय अर्जुन पौदारलाई प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पौदारलाई १ ग्राम १०० मिलिग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका पौदारको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।













Discussion about this post