झापा : झापामा मोटरसाइकलको ठक्करबाट पूर्व सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका २ का ३९ वर्षीय ह्रदय भण्डारी रहेका छन् ।
बुधबार साँझ सवा ७ बजे पूर्व सैनिक भण्डारीलाई घर नजिकै नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भण्डारीलाई उपचारका लागि बिर्तासिटी हस्पिटल बिर्तामोड लगिएको थियो ।
उपचार सम्भव नभएपछि उनलाई सैनिक अस्पताल छाउनी रेफर गरिएको थियो।
त्यहाँ पनि उपचार नहुने भएपछि उनलाई घर ल्याएको र उपचारका लागि बिहीबार दिउँसो प्रादेशिक अस्पताल भद्रपुर लैजाँदा गर्दा बाटैमा मृत्यु भएको बाह्रदशीका कार्यपालिका सदस्य लक्ष्मी निरौला अधिकारीले जानकारी दिइन्।
ठक्कर दिने मोटरसाइकल चालक पन्थापाडातर्फ फरार भएको र उनको खोजी कार्य जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।














Discussion about this post