Thursday, July 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

इटहरीमा ‘स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेश स्तरीय गोल्डकप’ प्रतियोगिता हुँदै, यस्तो छ तयारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १३, २०८०
in खेलकुद, समाचार
0
इटहरीमा ‘स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेश स्तरीय गोल्डकप’ प्रतियोगिता हुँदै, यस्तो छ तयारी

खेल प्रतियोगिताबारे पत्रकार सम्मेलन गरी जानकारी दिइँदै ।

105
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा रहेको द योङ्ग ब्रदर्श क्लबले स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेश स्तरीय गोल्डकप प्रतियोगिता हुने भएको छ ।

आगामी माघ १३ गतेदेखि २० गतेसम्म इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा गोल्डकप हुने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

क्लबका संरक्षक तथा खेलकुद प्रतियोगिताका मूल संयोजक विकास केसीका अनुसार प्रतियोगितामा कोसी प्रदेशका आठ वटा टिम सहभागी हुनेछन् । सुनसरी, मोरङ, झापा, इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा, उदयपुरका जिल्लामा सहभागीबारे कुरा भइरहेको उनले बताए ।

प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख ११ हजार, उपबिजेता टिमले नगद एक लाख ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, हरेक दिनको म्यान अफ द म्याचलाई नगद पाँच हजार, बेस्ट किप्परलाई नगद दस हजार, खेल अवधिभर सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई नगद दस हजार र म्यान अफ द सिरिजलाई नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए ।

प्रतियोगितामा २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

‘फुटबल खेल विश्वकै लोकप्रिय भएका कारण र कृष्णप्रसाद भट्टराई प्रजातन्त्र प्राप्तिका लागि सबै देशका जनताले स्वीकार गरेकाले उहाँको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको हो,’ केसीले भने, ‘यो प्रतियोगिताले नयाँ खेलाडी उत्पादनका निम्ति पनि सहज हुनेछ । फुटबल खेलको उत्पादनमा प्रतियोगिताले योगदान पु¥याउने विश्वास लिइएको छ ।’

खेल प्रतियोगिताबारे पत्रकार सम्मेलन गरी जानकारी दिदैँ क्लबका संरक्षक विकास केसी ।

‘किसुनजी’ लाई खेलकुदमार्फत सम्झिएको र यसमा कुनै राजनीतिक संलग्नता नरहेको उनले स्पष्ट पारे । पछिल्लो समय देशबाट खेलाडीहरू विदेशिरहेका कारण पनि उनीहरूलाई खेल क्षेत्रमै स्थापित गराउन राज्यले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘खेलाडी विदेशिरहेको अवस्थामा स्थानीय सरकारले आफ्नो ठाउँमा रहेका खेलाडीको संरक्षण गर्न आवश्यक देखिन्छ ।’

इटहरीमा हुने गोल्डकपहरूले खर्चको पारदर्शीता भएको पाइँदैन भन्ने जिज्ञासामा केसीले भने, ‘खेलकुदमा चासो हुनुपर्छ । हामीले गोल्डकप सकिएको सात दिनभित्रमा सबै खर्च सार्वजनिक गर्नेछौँ । अरुले के गर्छ त्यसबारे जिम्मेवारी लिने कुरा भएन ।’

क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार क्लबले यसअघि विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको बताए । यो प्रतियोगिताले समाजका युवाहरूलाई खेल क्षेत्रप्रतिको आकर्षण बढाउने उनको भनाइ छ ।

यसअघि उक्त क्लबले ‘भेट्रान कप’ आयोजना गरेको उनले स्मरण गरे ।

‘भेट्रान कप’ भनेको खेल जीवनबाट ‘रिटायर’ भएकाहरूलाई मन भुलाउन गरिएको र यो प्रतियोगिताले नयाँ पुस्तालाई खेलकुद क्षेत्रमा स्थापित गराउन प्रेरित गर्ने उनले बताए ।

प्रतियोगिता आयोजनाका लागि तयारी भइरहेको सुब्बाले जानकारी दिए ।

Tags: #खेलकुद#विकास केसीगोल्डकपद योङ ब्रदर्शविजय सुब्बा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु
समाचार

मोरङको सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन १४, २०८३
0

मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० बाट प्रहरीले एक थान भरुवा बन्दुक र एक किलो पाँच सय ग्राम गाँजासहित एक जनालाई...

कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य
समाचार

दूधको पैसा नपाएपछि किसान पुगे दमकका अख्तियार

by रासस
साउन १४, २०८३
0

झापा : दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु उत्पादन तथा सङ्कलन सहकारी संस्थाले दूध बिक्रीबापतको रकम लामो समयदेखि...

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

साउन १४, २०८३
उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

साउन १४, २०८३
दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी

झापामा एक वर्षमा २४ हजारभन्दा बढी नागरिकता वितरण, ३७८ जनालाई आमाको नामबाट

साउन १४, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलबाट जुत्ताभित्र लुकाइएको ब्राउनसुगरसहित युवक पक्राउ

साउन १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

मोरङको सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक पक्राउ

साउन १४, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

दूधको पैसा नपाएपछि किसान पुगे दमकका अख्तियार

साउन १४, २०८३
सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

साउन १४, २०८३
उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

साउन १४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.