Thursday, July 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

झापामा एक वर्षमा २४ हजारभन्दा बढी नागरिकता वितरण, ३७८ जनालाई आमाको नामबाट

रासस by रासस
साउन १४, २०८३
in विविध, समाचार
0
दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी

सांकेतिक तस्वीर ।

52
SHARES
Share on FacebookShare on Twitter

झापा : झापाका प्रशासनिक निकायहरूबाट गत आर्थिक वर्षमा २४ हजारभन्दा बढी नागरिकता र सोही हाराहारीमा राहदानी वितरण गरिएका छन् ।

जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय दमक र गौरीगञ्जबाट गरी कुल २४ हजार आठ सय ५१ जनाले नागरिकता र २४ हजार चार सय ६६ जनाले राहदानी प्राप्त गरेका हुन् ।

नागरिकता लिने र राहदानी बनाउनेको सङ्ख्या लगभग बराबरी हुनुले जिल्लामा युवा वर्गको वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि विदेशिने आकर्षण कायमै रहेको देखाउँछ ।

गत आवमा जिल्ला प्रशासनबाट ३७८ जनाले आमाको नामबाट वंशजको नागरिकता प्राप्त गरेका छन् । बाबुको पहिचान हुन नसकेका उनीहरूलाई कानुनी प्रावधानअनुसार आमाको नामबाट नागरिकता प्रदान गरिएको हो ।

गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र सङ्कलन तथा कार्ड वितरणलाई अभियानका रूपमा अघि बढाइरहेका बेला जिल्लामा एक वर्षका अवधिमा ९७ हजार चार सय ७७ जनाको विवरण संकलन गरिएको छ ।

सोही अवधिमा ९८ हजार छ सय ८९ थान राष्ट्रिय परिचयपत्र कार्ड सर्वसाधारणलाई वितरण गरिएको छ ।

सेवा प्रवाहसँगै जिल्ला प्रशासन कार्यालयले राजस्व संकलनमा पनि उल्लेख्य योगदान पुर्‍याएको छ ।

२०८२/८३ मा राहदानी शुल्कतर्फ रु १४ करोड ७० लाख ७९ हजार चार सय ५१ र अन्य प्रशासनिक शुल्कतर्फ रु ६० लाख ४४ हजार ६० गरी कूल रु १५ करोड ३१ लाख २३ हजार पाँच सय ११ राजस्व संकलन भएको छ ।

सर्वसाधारणका गुनासो तथा मिटरब्याजसम्बन्धी समस्या समाधानमा पनि प्रशासनिक सक्रियता देखिएको छ ।

समीक्षा अवधिमा मिटरब्याज, नियामक निकाय र ठाडो उजुरी गरी चार सय ७९ वटा निवेदन फर्छ्यौट गरिएका छन् भने नौ सय २९ जनालाई नाबालक परिचयपत्र उपलब्ध गराइएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउँदै लगिएको बताए ।

सेवाग्राहीको प्रतिक्रिया लिन ‘सेवा सन्तुष्टि क्युआर’ सञ्चालनमा ल्याइएको र सार्वजनिक सुनुवाइलाई निरन्तरता दिइएकाले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरण थप प्रभावकारी बनेको उनले जानकारी दिए ।

Tags: #झापानागरिकता
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु
समाचार

मोरङको सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन १४, २०८३
0

मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० बाट प्रहरीले एक थान भरुवा बन्दुक र एक किलो पाँच सय ग्राम गाँजासहित एक जनालाई...

कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य
समाचार

दूधको पैसा नपाएपछि किसान पुगे दमकका अख्तियार

by रासस
साउन १४, २०८३
0

झापा : दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु उत्पादन तथा सङ्कलन सहकारी संस्थाले दूध बिक्रीबापतको रकम लामो समयदेखि...

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

साउन १४, २०८३
उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

साउन १४, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलबाट जुत्ताभित्र लुकाइएको ब्राउनसुगरसहित युवक पक्राउ

साउन १४, २०८३
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरीमा गोली लागेर घाइते भएका युवकको निधन

साउन १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

मोरङको सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक पक्राउ

साउन १४, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

दूधको पैसा नपाएपछि किसान पुगे दमकका अख्तियार

साउन १४, २०८३
सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

साउन १४, २०८३
उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

साउन १४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.