झापा : झापाको कमल गाउँपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कमल गाउँपालिका ५ गेउरिया निवासी ५५ वर्षीय धनबहादुर बिक रहेका छन् । आइतवार धनबहादुरकी श्रीमती ४९ वर्षीया अम्बिका बिक आफ्नै घरको कोठाभित्र मृत अवस्थामा भेटिएकी थिइन् ।
स्थानीयबासीले घटना शंकास्पद रहेकाले घटनास्थल अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरिदिन भनेपछि प्रहरीले सोमबार (आज) दिउँसो मृतकका श्रीमान धनबहादुरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।
श्रीमतीको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएपनि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।













Discussion about this post