झापा : झापाको कमल गाउँपालिका ७ स्थितबाट लागूऔषध गाँजा र ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कमल गाउँपालिका ७ धिमाल डाँडा स्थित एक होटलमा लागूऔषध बिक्री वितरण भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कमल गाउँपालिका ७ बस्ने २५ वर्षीय सुरज लिम्बू, ४० वर्षीय किबी माया धिमाल, २१ वर्षीय गणेश दर्जी र गौरादह नगरपालिका १ बस्ने २४ वर्षीय विशाल मर्डी रहेका छन् ।
उनीहरूको साथबाट २ सय ५० ग्राम लागूऔषध गाँजा र ४ ग्राम ब्राउनसुगर फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post