झापा : झापाको कनकाई नहरमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका ११ नहरचोकस्थित कनकाई नहरको पानीमा डुबेर ५७ वर्षीय रामजी बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी कनकाई ९ निवासी रहेको बताइएको छ ।
नहरमा डुबेर मृत अवस्थामा भेटिएका बस्नेत वुधबार बिहानदेखि परिवारको सम्पर्कबाहिर रहेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post