Sunday, August 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा दैनिकजसो जंगली हात्तीका बथान आए, बस्तीमा पस्न नदिन वारपार खाडल खन्न सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १९, २०८०
in टाकुरा विशेष, समाचार
0
इटहरीमा दैनिकजसो जंगली हात्तीका बथान आए, बस्तीमा पस्न नदिन वारपार खाडल खन्न सुरु

जंगली हात्ती मानव बस्तीमा पस्न नदिन इटहरी २ मा खाडल खनिदैँ ।

360
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा दैनिकजसो हात्तीका बथान मानव बस्तीमा पस्ने संकेत देखिएपछि खाडल खन्न सुरु गरिएको छ ।

इटहरी उपमहानगरपालिका २ शान्तिनगरमा दैनिकजसो दुई दर्जन बढी हात्तीको संख्या आउने गरेको र मानव बस्तीमै पस्ने संकेत देखिएपछि वारपार खाडल खन्न सुरु गरिएको हो ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलसँगको समन्वयमा उपमहानगरकै जेसीभीले खाडल खन्ने काम भइरहेको स्थानीय रोशन अधिकारीले बताए ।

उनका अनुसार इटहरी–धरान सडकखण्डको तरहरास्थित पानीपियादेखि इटहरी २ प्रवेश गर्ने हात्ती चोकसम्म क्षेत्रीय कृषि अनुसन्धान निर्देषनालयको जमिनमा पर्ने क्षेत्रमा ६ फिट अग्लो खाडल खन्न सुरु गरिएको हो ।

यसैगरी हात्ती चोक पूर्व सेरा खोलासम्मको क्षेत्रमा उपमहानगरपालिकाको सहयोगमा खाडल खन्ने काम धमाधम भइरहेको अधिकारीले बताए ।

‘हात्ती मानव बस्तीमा प्रवेश गर्न नदिनका लागि उपमहानगरसँगको समन्वयमा खाडल खनिएको हो,’ अधिकारीले भने, ‘दिउँसोको समयमा पनि हात्ती मानव बस्ती नजिकैको जंगलमै रहने भएकाले मानवीय क्षति हुन नदिन सचेतसमेत गराइएको छ ।’

उनका अनुसार केही दिनअघि मात्रै पनि २९ वटा संख्यामा हात्तीका बथान आएका थिए । त्यसमा केही छावा (बच्चा)समेत रहेका छन् ।

हात्ती मानव बस्तीमा प्रवेश गरी धनजनको क्षति हुन नदिनका लागि खाडल खन्न बाध्य भएको स्थानीयबासीको भनाइ छ । पछिल्लोपटक १८ दिनयता दैनिक रात र बिहानको समयमा हात्तीका बथान मानव बस्तीमा पस्ने प्रयास भइरहेको स्थानीयबासीले बताएका छन् ।

स्थानीयका अनुसार हाल आलोपालो गरी रातभर जाग्राम बसेर दाउरा बालेर, साइरन बजाएर हात्ती धपाउने काम भइरहेको छ । यद्यपि, दैनिक हात्तीका बथान आउन थालेकाले आजित भएपछि खाडल खनिएको बताइन्छ ।

यस्तै, साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म पानीपियादेखि हात्ती चोक सडकखण्डमा प्रवेशसमेत निषेध गरिएको स्थानीय ध्रुव नेपालले बताए । दैनिक हात्तीले सताएपछि साँझ ६ बजेदेखि बिहान ६ बजे सम्म प्रवेश निषेध गरिएको उनको भनाइ छ ।

दुई खण्डमा ढाट लगाएर नेपाल प्रहरी, वन रक्षक तथा नगर प्रहरीहरू समेत परिचालन गरिएको नेपालले बताए ।

करिब दुई महिनायता हात्तीबाट प्रताडित बन्दै आएका स्थानीयहरू रातभर आगो बालेर जाग्राम बस्न बाध्य हुनुपरेकाले यसको दीर्घकालीन समाधान गरिदिन उनले प्रशासनसमक्ष अनुरोध गरेका छन् ।

जंगली हात्ती मानव बस्तीमा पस्न नदिन इटहरी २ मा खनिएको खाडल ।

उता, कोसी प्रदेश सरकारले भने हात्ती प्रभावित क्षेत्रमा ‘हात्ती कोरिडोर’ बनाउने भएको छ । यसका लागि प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले अध्ययन गर्ने भएको छ ।

हात्तीको जैविक मार्गको विस्तृत अध्ययन गरी त्यस क्षेत्रको ‘स्याटेलाइट म्यापिङ’ गरी हात्ती करिडोर निर्माण गर्न यस्तो प्रयास गर्न लागिएको हो ।

चालु वर्षको बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै मन्त्रालयले हात्ती–मानव द्वन्द्व न्यूनीकरण गर्न हात्ती करिडोरको अध्ययन गरी त्यसको सिमाना पहिचान गर्ने र व्यवस्थापनका लागि रणनीति तर्जुमा गर्ने जनाइएको छ ।

झापाको जलथल क्षेत्रमा पर्ने जंगलमा दर्जनभन्दा बढी रैथाने हात्ती रहेको साथै भारततिरबाट प्रवेश गर्ने हात्तीहरुले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा क्षति पुर्याउने गरेका छन् ।

पछिल्लो समय कोसी प्रदेशका सुनसरी, मोरङ, झापामा भारतबाट आएका जंगली हात्ती मानव बस्तीमा पसेर धनजनको क्षति गर्दै आएका छन् ।

सुनसरीको बराहक्षेत्र, इटहरी, मोरङको बेलबारी, कानेपोखरी, सुन्दरहरैँचा, झापाको बुद्धशान्ति, दमकलगायतका क्षेत्रमा जंगली हात्तीले क्षति गर्दै आएको छ ।

पछिल्लो केही महिनाको अवधिमा जंगली हात्तीको आक्रमणबाट कासी प्रदेशमा दर्जन बढीको मृत्यु भइसकेको छ । हात्ती आक्रमणबाट मानिसको मृत्यु हुन नदिन र धनको क्षति हुन नदिन प्रशासनले चासो दिनुपर्ने पीडितहरूको माग छ ।

Tags: #इटहरी#हात्तीटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८३
0

विराटनगर : विराटनगरमा चोरी गर्न घरभित्र प्रवेश गरेका एक पुरुषको तीन तलामाथिबाट हाम्फाल्दा मृत्यु भएको छ। मृतकको पहिचान भने खुल्न...

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु
समाचार

मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८३
0

मोरङ : मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते...

पूर्वाञ्चल विश्वविद्यालयमा यसै सत्रदेखि एमबीबीएस पढाइ, ५० सिट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयमा तलबबाट राहत, उपकुलपति–रजिस्ट्रारले एक महिनाको दिने

भदौ १३, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भदौ १३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा छुट्टाछुट्टै कारबाहीमा ६ जना पक्राउ, १२.७३ ग्राम ब्राउनसुगर बरामद

भदौ १३, २०८३
खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

भदौ १४, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

भदौ १४, २०८३
पूर्वाञ्चल विश्वविद्यालयमा यसै सत्रदेखि एमबीबीएस पढाइ, ५० सिट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयमा तलबबाट राहत, उपकुलपति–रजिस्ट्रारले एक महिनाको दिने

भदौ १३, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भदौ १३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.