Wednesday, September 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

हतुवागढीको बारीगाउँमा बिजुली

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १९, २०८०
in समाचार
0
71
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : बिजुली बाल्ने चाहना पूरा भएकामा भोजपुरको हतुवागढी गाउँपालिका–८ बारीगाउँका रामबहादुर राईको परिवार हर्षले गद्गद् भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले गाउँमा विद्युतीकरण गरेसँगै राई परिवारमात्र नभई छिमेकी पनि दङ्ग छन् ।

रामबहादुर भन्नुहुन्छ, “गाउँमा बिजुली पुगेपछि म मात्रै होइन, गाउँका बूढाबूढी, तन्नेरीदेखि बालबालिका सबै खुसी छौँ ।” अहिलेसम्म चाहेर पनि हाम्रो गाउँमा विद्युतको पहुँच पुगेको थिएन ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भोजपुरअन्तर्गतको हतुवागढी घोडेटार फ्युज सेवाले वडा नं ८ को पात्लेपानी, विद्यापोखरी, रोक्ताङ हुँदै बारीगाउँसम्म ११ केभी प्रसारण लाइनबाट विद्युत् सेवा पुर्‍याएको हो ।

विद्युतकाे पहुँच पुगेसँगै त्यहाँका ६९ घर अहिले झिलिमिली भएका छन् । मट्टीतेलको टुकी बालेर जीवन बिताउन बाध्य गाउँलेको गाउँमा बिजुली आउला भन्ने सपना अहिले आएर पूरा भएको वडाध्यक्ष प्रेम थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुर्गम गाउँपालिकाका धेरै वडाका जनता अँध्यारोमा बस्न बाध्य हुनुहुन्छ, तर अहिले गाउँमा पनि बिजुली पुग्न थालेकामा यहाँका जनतामा खुसी छाएको छ ।” जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् प्राधिकरण र ठेकेदारमार्फत विद्युतीकरणको क्रम चलिरहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लाभित्रका नौवटै स्थानीय तहमा विद्युतको पहुँच पुर्‍याउन प्राधिकरणले काम गरिरहेको छ ।”

स्थानीय उत्पादनमा रहेको सिक्तेल खोला जलविद्युत् आयोजनाबाट भोजपुर सदरमुकाम र आसपासका करिब एक हजार चार सय घर परिवारमा मात्र विद्युत् सेवा पुगेकामा विसं २०६७ कात्तिक महिनाबाट विद्युत् प्राधिकरणको शाखा भोजपुरमा स्थापना भएसँगै विद्युतीकरणको काम सुरु भएको थियो ।

भोजपुरमा हाल निजीस्तरका दुई वटा हाइड्रोपावर सञ्चालनमा छन् ।

भोजपुरमा हाल ८५ प्रतिशत विद्युतीकरण भइसकेको छ भने जिल्लाको उत्तरमा रहेको साल्पासिलिछो र दक्षिणमा रहेको आमचोक गाउँपालिका क्षेत्रमा विद्युतीकरणको काम बाँकी छ ।

नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार अहिलेसम्म २४ हजार बढी घरधुरीमा विद्युतको पहुँच पुगिसकेको छ ।

Tags: #भोजपुर#राससविद्युत
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तस्बिरमा भोजपुर बजार
विविध

तस्बिरमा भोजपुर बजार

by टाकुरा न्यूज । इटहरी
अशोज १४, २०८३
0

देउरालीबाट देखिएको भोजपुर सदरमुकाम र आसपासको क्षेत्र । तस्बिरः युवराज विष्ट/रासस

विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी
खेलकुद

विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी

by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०८३
0

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरकै खेल महोत्सवका रूपमा ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ...

इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

जजक र चोरी मुद्दामा सुनसरी अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ

अशोज १३, २०८३
राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

अशोज १३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

धरानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अशोज १३, २०८३
अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अशोज १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तस्बिरमा भोजपुर बजार

तस्बिरमा भोजपुर बजार

अशोज १४, २०८३
कांग्रेसमा अनावश्यक बहसको अन्त्य कहिले ?

कांग्रेसमा अनावश्यक बहसको अन्त्य कहिले ?

अशोज १४, २०८३
विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी

विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी

अशोज १३, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

जजक र चोरी मुद्दामा सुनसरी अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ

अशोज १३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.