झापा : झापाको मेची नगरपालिका ६ स्थित मेचीपुलबाट लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा ५ घैलाडुब्बा घर भएका २८ वर्षीय मनिष राईलाई प्रहरीले ३ ग्राम लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।
लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टावाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा २७ प ३८७२ नम्बरको पल्सर मोटरसाइकलबाट राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post