झापा : झापाको बिर्तामोड नगरपलिका वडा नं. ५ भद्रपुर रोड स्थितबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २० वर्षीय राज राजवंशी रहेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउनसुगर १ ग्राम ३३० मिलिग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राजवंशीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post