झापा : प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित प्रहरीले झापाको काँकडभिट्टाबाट दुई जोडीलाई पक्राउ गरेको छ ।
लागूऔषध ब्राउनसुगरसहित दुई युवा र दुई युवतीलाई नेपालको पूर्वी सिमानाका मेची पुलबाट मेचीनगर ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दमक २ सुनखरी बस्ने वर्ष ३३ का प्रविन तामाङ र सोही ठाउँ बस्ने वर्ष ४५ का कमला तामाङलाई गोप्य सूचनाको आधारमा चेकजाँच गरेको थियो ।
सो क्रममा शरीर खानतलासी लिँदा उनीहरूले लगाएको कपडामा लुकाईछिपाई ल्याउँदैगरेको ९ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, मेची पुलमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०२–०४१ प १०३८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा चालक मोरङको मिक्लाजुङ ९ बस्ने वर्ष २८ का डिकबहादुर कार्की र मोटरसाइकल पछाडि सवार मोरङ मधुमल्ला तोरीबारी बस्ने वर्ष २२ का नाईरा भन्ने कोशिस तामाङले लगाएको कपडाभित्रको भागमा लुकाई छिपाई राखेको ११ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।
चारै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।













Discussion about this post