झापा : झापाको बाह्रदशी गाउँपालिका ६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
खेतमा जमेको पानीमा करेन्ट लागाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा स्थानीय २८ वर्षीय बुद्धराज लिम्बूको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरीको खटिएको प्रहरी टोलीले शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post