झापा : झापाको धरमपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शिवसताक्षी १ धरमपुरस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २५४७ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको मे १० प ७७५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक शिवसताक्षी ११ बस्ने ३२ वर्षीय राहुल थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बी एण्ड सी हस्पिटल बिर्तामोड लैजादैँ गर्दा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
बस चालक बुद्धशान्ति ४ बस्ने ५१ वर्षीय हेमबहादुर बिकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।














Discussion about this post