झापा : झापाको गौरीगञ्ज गाउँपालिका १ स्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ४ प ४२२४ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट जाँदै गरेको साइकल एकापसमा ठक्कर भएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएका साइकलयात्री गौरीगञ्ज ३ का ४० वर्षीय अकालु माझीको बी एण्ड सी हस्पिटल बिर्तामोड उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार ३५ वर्षीय खोद नारायण महतो, २६ वर्षीय रतनसिंह राजवंशी र २२ विर्षीय विकाश महतोको उपचार भइरहेको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post