झापा : झापामा होली मनाएर पौडी खेल्न जाँदा कनकाई नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ ।
झापाको शिवसताक्षी ११ स्थित कनकाई नहरमा पौडी खेल्न जाँदा डुबेर शिवसताक्षी ११ सृष्टि टोल बस्ने वर्ष १५ का रविन श्रेष्ठको डुबेर मृत्यु भएको हो ।
श्रेष्ठ सोमबार दिउँसो २ः३० बजे साथीहरूसँग पौडी खेल्न गएका थिए ।
नहरले बगाएर साइफनस्थित नहरमा रहेको फलाममा अड्केको अवस्थामा श्रेष्ठको शव फेला परेको थियो ।
उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post