इटहरी : १४ औँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधीको लागि चर्च ब्वाइज युनाइटेड र बिभागीय टिम त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।
इटहरी रंगशालामा बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइजले आर्मीसँगको उपाधी भिडन्त पक्का गरेको हो ।
चर्च ब्वाइजका लागि समीर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो ।
उनले खेलको ८९ औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित हुँदै नगद १० हजार हात पारे ।
गत संस्करणको उपविजेता चर्च ब्वाइजले अब उपाधीका लागि शनिबार फाइनलमा आर्मीसंग प्रतिष्पर्धा गर्नेछ । आर्मी साबिक विजेता सगरमाथा युथ क्लब मोरङमाथि पेनाल्टी सुटआउटमा २–१ गोलको जीत हात पार्दै उपाधी नजिक पुगिसकेको छ ।
फाइनल खेलको बिजेताले नगद १० लाख रुपैया हात पार्नेछ । उपबिजेताले ५ लाख रुपैयाँमा चित्त बुझाउनु पर्नेछ ।














Discussion about this post