झापा : झापाको गौरीगञ्ज गाउँपालिका १ स्थितबाट ट्याक्टर चोरीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार स्थानीय होम थपलियाले आफ्नै घर अगाडि पार्किङ गरि राखेको मे १ त ७७६५ नम्बरको ट्याक्टर चोरी भएको थियो ।
चोरी भएको ट्याक्टर खोजतलासमा खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका ९ का ३५ वर्षीय सुनील टुडुले भारततर्फ लैजाँदै गरेको अवस्थामा ट्याक्टरसहित पक्राउ गरेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post