Friday, May 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोसी प्रदेशमा दुर्घटनाको अवस्था भयावह, दैनिक एक जनाको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २०, २०८०
in समाचार
0
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सांकेतिक तस्वीर : गुगल ।

77
SHARES
Share on FacebookShare on Twitter

धरान : उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा यही चैत १ गते को १ ज २५९३ नम्बरको जीप दुर्घटनामा पर्‍याे ।

१७ जना यात्रु लिएर भोजपुरतर्फ जाँदै गरेको जीप कच्ची बाटोबाट चार सय मिटर तल खस्दा चालकसहित सातजनाको घटनास्थलमै ज्यान गयो भने एक जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गयो । मैनामैनी दुर्घटनामा घाइते भएका नौ जनामध्ये केहीको अहिले पनि उपचार भइरहेको छ ।

सोही दिन धरानबाट बराहक्षेत्रको चक्रघटी जाँदै गरेको बा.२ ख.२००० नम्बरको बस तीन ढ्वाङ्गे भन्ने ठाउँमा सडक नजिकैको रुखमा ठोक्किए दुर्घटनामा पर्यो । घटनामा कसैको ज्यान नगए पनि करिब १२ यात्रु घाइते भए ।

गम्भीर घाइतेलाई बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान पुर्याएर उपचार गरियो । मैनामैनी र तीन ढ्वाङ्गेमा दुर्घटना हुनुभन्दा केही दिनअघि मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका-७ मा पश्चिमबाट पूर्व जाँदै गरेको स.१ ख.८१६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०१-०१६ प ४६७ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सुर्योदय नगरपालिका-३ इलामका २४ वर्षीय प्रगति राईको मृत्यु भयो ।

पछिल्लो समय कोशी प्रदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनाका केही उदाहरण मात्र हुन् यी । प्रदेशका विभिन्न जिल्लामा हरेक दिनजसो यस्ता दुर्घटना भइरहेका छन् । यस्ता दुर्घटनामा परेर वर्षेनी सयौंले ज्यान गुमाइरहेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्क अध्ययन गर्ने हो भने कोशी प्रदेशमा सवारी दुर्घटनामा परेर दैनिक एक जनाभन्दा बढिको ज्यान गइरहेको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म आठ महिनाको तथ्याङ्कअनुसार पुरुष २०६, महिला ४० र बालबालिका १६ सहित दुई सय ६२ जनाको ज्यान गइसकेको छ । यो तथ्याङ्कलाई विश्लेषण गर्दा सरदर मासिक ३३ जना अर्थात दिनमा एक जनाभन्दा बढीको मृत्यु भएको छ ।

चालू आवको फागुनसम्ममा जम्मा दुई हजार एक सय ४२ वटा अर्थात् दैनिक सरदर नौ वटा दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । ती दुर्घटनामा पाँच सय ५८ जना गम्भीर घाइते र तीन हजार ३५ जना साधारण घाइते भएका थिए । अघिल्ला आवहरुको अवस्था पनि उस्तै छ ।

अघिल्लो आव २०७९/८० मा प्रदेशभर तीन हजार पाँच सय १० वटा अर्थात दैनिक १० वटाको हाराहारीमा दुर्घटना भएका थिए । ती दुर्घटनामा परेर एक सय १९ पुरुष, ६८ महिला र २५ बालबालिका गरी जम्मा चार सय १४ जनाले ज्यान गुमाएका थिए भने गम्भीर घाइते आठ सय १० र साधारण घाइते हुनेको सङ्ख्या चार हजार सात सय ९७ थियो ।

आव २०७८/७९ मा तीन हजार आठ सय २० दुर्घटनामा जम्मा पाँच सय ३१ जनाको मृत्यु भएको थियो । त्यस वर्ष एक हजार दुई सय तीन जना गम्भीर र पाँच हजार चार सय ४५ जना साधारण घाइते भएका थिए ।

त्यस्तै, आव २०७७/७८ मा तीन हजार एक सय ३१ वटा दुर्घटनामा परी चार सय ४४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्कमा उल्लेख छ । त्यस वर्ष एक हजार ८३ गम्भीर र तीन हजार सात सय ९३ जना साधारण घाइते भएका थिए ।

सवारी दुर्घटनाका विविध कारणमध्ये प्रमुख कारण मानवीय लापरबाही नै रहेको विभिन्न अध्ययनले देखाएका छन् । ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको अध्ययन अनुसार कोशी प्रदेशमा भएका दुर्घटनामध्ये  ५३ प्रतिशत तीव्र गतिका कारण दुर्घटना भएको देखिएको छ ।

त्यस्तै चालकको लापरबाहीले १६ प्रतिशत, सडक प्रयोगकर्ताको असावधानीले १२ प्रतिशत, मादकपदार्थ सेवनका कारण १० प्रतिशत, लाइसेन्स बिनाका चालकले चलाएका सात प्रतिशत रहेको पाइन्छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेल पहाडी क्षेत्रमा लगातार भइरहेका दुर्घटनाको अध्ययन गर्दा गाउँपालिकाहरुले जथाभावी सडक खन्ने प्रवृत्ति पनि जिम्मेवार देखिएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “पहाडी क्षेत्रमा स्थानीयवासीले सडक माग गर्छन् तर स्थानीय तहहरुले कस्तो ठाउँमा कस्तो सडक निर्माण गर्ने भनेर अध्ययन नगरी जथाभावी सडक खन्ने गरेको पाइन्छ । ती सडकका कस्ता गाडी चलिरहेका छन् भनेर नियन्त्रण गर्ने संयन्त्र पनि छैन ।”

प्रहरी उपरीक्षक पौडेल सडकमा सवारी चालकको प्रतिस्पर्धाको भावनाले पनि दुर्घटना बढिरहेको बताउनुहुन्छ । माघ, फागुन जस्ता धेरै विवाह हुने महिनामा धेरै दुर्घटना हुने गरेको पाइएको उहाँको भनाइ छ ।

विवाहमा क्षमताभन्दा बढी मान्छे चढाउने प्रवृत्ति बढिरहेका कारण पनि दुर्घटनाको जोखिम बढेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दुर्घटना बढिरहनु चिन्ताको विषय हो । यसलाई शून्यमै झार्न त सकिँदैन तर सचेतना अपनाउने हो भने न्यूनीकरण गर्न सकिन्छ ।”

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई सडक दुर्घटना बढ्नुमा चालकलाई मात्र दोष दिने प्रवृत्ति रहेको बताउँदै समग्रमा चालक मात्र नभई सडक प्रयोग गर्ने सबै जनाको त्रुटि रहेको दाबी गर्नुहुन्छ ।

भौतिक, मानवीय, यान्त्रिक र पर्यावरणीय गरी दुर्घटनाका प्रमुख चार कारण रहेको बताउँदै उहाँ भन्नुहुन्छ, “सडक सुरक्षा मापदण्डअनुसार बनेका छैनन् । सडक निर्माणमा ढिलासुस्ती हुँदा पनि दुर्घटना बढेको छ । यी सबै कुरालाई ख्याल गर्नु आवश्यक छ ।”

डेढ दशकदेखि नेपालमा ट्राफिक व्यवस्थापनका लागि अभियान सञ्चालन गर्दै आउनु भएका विष्णुकुमार राई नेपालमा दुर्घटना बढिरहनुको प्रमुख कारण चालकहरुमा प्रशिक्षण र परीक्षणको कमी रहेको र लाइसेन्स दिने तरिका नै गलत भएको बताउनुहुन्छ ।

“यातायात सञ्चालनको नियम संसारमा एउटै हुनुपर्छ तर नेपालमा चालकले गाडी नियन्त्रण गर्न सक्यो भने ठीक छ भनेर लाइसेन्स दिने चलन छ, त्यो गलत हो,” विदेशमा लामो समय ट्राफिक व्यवस्थापनको अनुभव बटुल्नु भएका अभियन्ता राई भन्नुहुन्छ, “चालकलाई राजमार्गमा, बस्ती भएका ठाउँमा र भत्किएको सडकमा कसरी चलाउने भनेर छुट्टाछुट्टै प्रशिक्षण दिनुपर्छ अनि कसरी चलाउँछ भनेर राम्रो परीक्षण गर्नुपर्छ ।”

न्यूनीकरण गर्न के गर्ने ?

सवारी दुर्घटनाका कारणहरुमा चालकको लापरबाही, मादकपदार्थ सेवनजस्ता सदाबहार कारणसँगै केही मौसमी कारण पनि देखिन्छन् । विवाहको मौसममा हुने लापरबाही, हुस्सु लाग्ने महिनामा अगाडिको गाडी नदेख्दा ठोक्किने घटना पनि हुने गरेका छन् ।

यसको न्यूनीकरणका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । मादकपदार्थ सेवन र लागुऔषध सेवन परीक्षण गर्ने काम पनि गरिरहेको प्रहरी उपरीक्षक पौडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “लापसे (लागुपदार्थ सेवन) परीक्षण गर्न किट महँगो छ । यसको परीक्षणको कानुनी मान्यता पनि प्राप्त नभएकाले समस्या छ । दुर्घटना न्यूनीकरण गर्न आवश्यक प्रयास गरिरहेका छौँ ।”

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई सडक दुर्घटनामा मानवीय त्रुटि कम गर्न स्कुलदेखि कलेजसम्म सडक दुर्घटनासम्बन्धी पाठ्यक्रम बनाएर पठनपाठन गराउनुपर्ने बताउनुहुन्छ ।

ट्राफिक प्रहरीको ध्यान राजस्व सङ्कलनमा मात्र गएको तर सचेतनामा कम रहेको बताउँदै उहाँ भन्नुहुन्छ, “हामीले आफ्नो तर्फबाट यातायात मजदुरलाई दुर्घटना न्यूनीकरणका लागि संवेदनशील बन्न सचेत गराउँदै आएका छौँ । सबै क्षेत्रबाट न्यूनीकरणको पहल हुन जरुरी छ । दुर्घटना न्यूनीकरणका लागि राज्यले विशेष संयन्त्र बनाउनु आवश्यक छ ।”

ट्राफिक व्यवस्थापन अभियन्ता विष्णुकुमार राई नेपालमा लाइसेन्स दिने प्रक्रिया लापरबाहीपूर्ण र सजिलो भएकाले चालकहरु दक्ष नभई सडकमा आउने गरेकाले दुर्घटना धेरै हुने गरेको भन्दै त्यस्तो प्रचलन रोक्नुपर्ने बताउनुहुन्छ ।

विदेशमा पनि नेपालीहरु दुर्घटना धेरै पर्ने कारण नेपालको प्रशिक्षण र परीक्षण कमजोर रहेको बताउँदै भन्नुहुन्छ, ‘‘गाडी चलाउनु भनेको आफू र धेरै मानिसको जीवन हातमा राखेर हिँड्नु हो । राम्रो प्रशिक्षण बिना सडकमा गाडी चलाउन रोक लगाउन सके मात्र दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।”

Tags: #राससदुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 
FEATURE BREAKING

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

by अर्जुन उप्रेती
बैशाख २५, २०८३
0

विश्वमा सबैभन्दा धेरै हिमाल नेपालमा छन् । र, ती हिमालमा बनेका विश्व कीर्तिमान पनि सबैभन्दा बढी नेपालीकै नाममा दर्ज छन्...

इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ
समाचार

इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २५, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–१९ ब्रहमपुरबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा...

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

बैशाख २५, २०८३
मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

बैशाख २५, २०८३
द्वन्द्वकालमा नष्ट भएका साढे ३ सय हेक्टर बढी जग्गाको लालपूर्जा हस्तान्तरण

इलाममा भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र वितरण

बैशाख २५, २०८३
करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

खोटाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु 

बैशाख २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

बैशाख २५, २०८३
इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

बैशाख २५, २०८३
त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

बैशाख २५, २०८३
मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

बैशाख २५, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    621 shares
    Share 248 Tweet 155
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.