मोरङ : मोरङमा आठ लाख बराबरको चाँदीका गहनासहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले आठ लाख ७४ हजार ५५२ रुपैयाँ बराबरको चाँदीको तयारी गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
मोरङको बेलबारी नगरपालिका ७ बाहुनीबाट सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा कानेपोखरी गाउँपलिका ६ बस्ने ३८ वर्षीय विजय खत्रीलाई नियन्त्रणमा लिएको हो ।
खत्रीलाई १७ केजी नौ सय ६० ग्राम चाँदीको तयारी गरगहनासहित सुरक्षा बेस बाहुनीले नियन्त्रणमा लिएको हो ।
प्रदेश १–०२–०४९ प ७००२ नम्बरको मोटरसाइकल सवार खत्रीले लुकाईछिपाई लैजाँदै गरेको अवस्थमा उनलाई १२ केजी दुई सय ११ ग्राम चाँदीको गरगहनासहित नियन्त्रणमा लिइएको थियो ।
पछि उनकै सूचनाको आधारमा सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको अवस्थामा पाँच केजी सात सय ४९ ग्राम चाँदीको तयारी गरगहना सुरक्षा बेस बाहुनी र सुरक्षा बेस लक्ष्मीमार्गबाट खटिएको सुरक्षा फौजले बरामद गरेको थियो ।
उनलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।














Discussion about this post