विराटनगर : विराटनगर महानगरपालिकाको आयोजनामा सामाजिक सुरक्षा, पञ्जिकरण तथा व्यक्तिगत घटना दर्ता सप्ताह अभियान सम्बन्धी अन्तरक्रियात्मक तालिम सम्पन्न गरेको छ ।
महानगरको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा भएको अन्तरक्रियात्मक तालिममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले सहजीकरण गरेका थिए ।
व्यक्तिगत घटना दर्तामा आवश्यक सूचक र संलग्न गर्नुपर्र्ने कागजपत्रका बारेमा साहले जानकारी गराए ।
महानगरले पहिलो चरणमा वडाध्यक्षहरूलाई व्यक्तिगत घटना दर्ता गर्दा आइपर्ने समस्या र समाधानका उपायका विषयमा जानकारी गराएको हो ।
कार्यबाहक मेयर मधुबाबु तिवारीको अध्यक्षतामा भएको तालिममा वडाध्यक्षहरूले नागरिकताको सिफारिस गर्दा आइपर्ने समस्या र चुनौतीका विषयमा भनाइ राखेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, १० का अर्जुन गिरी, ११ तीर्थेन्द्र न्यौपाने, १३ का सूर्यनारायण यादव, १५ का प्रकाश साह, १८ का जितेन्द्रकुमार साह र १९ का श्याम घिमिरेले नागरिकताको सिफारिसका क्रममा आइपर्ने समस्या र चुनौतीका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
व्यक्तिगत घटना दर्ता सप्ताह अभियानअन्तर्गत महानगरले बिहीबार १९ वटै वडाका सचिवहरूलाई पनि अभिमुखीकरण तालिम सञ्चालन गर्ने सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए ।
कार्यक्रममा कार्यबाहक मेयर तिवारीले व्यक्तिगत घटना दर्ता र नागरिकताको सिफारिस गर्दा चनाखो हुनुपर्नेमा जोड दिए ।
प्रमुख प्रशासकीय अधिकृत पराजुलीले ऐन कानुनले तोकेको र कागजात पूरा गरेको अवस्थामा व्यक्तिगत घटना दर्ता र नागरिकताको सिफारिसमा डराउनु पर्ने उल्लेख गरे ।














Discussion about this post