झापा : झापाको बिर्तामोड नगरपालिका ३ स्थितमा टेम्पो अनियन्त्रित भइ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बिर्तामोड-गरामनी सडकखण्डमा प्रदेश १-०१-००२ ह ६२१ नम्बरको अटो (टेम्पो) आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा टेम्पोमा सवार रहेका ताप्लेजुङ पाथीभरा याङ्वरक गाउँपालिका २ की ३१ वर्षीय सामना लिम्बू र बिर्तामोड नगरपालिका ९ का ३६ वर्षीय भीमबहादुर तामाङ घाइते भएका थिए ।
घाइतेहरूलाई उपचारको लागि बी एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा डाक्टरले चेकजाँचको क्रममा भीमबहादुर तामाङलाई मृत घोषणा गरेको हो ।
घटनामा संलग्न टेम्पो चालक बिर्तामोड ९ का अरुण तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post