झापा : झापाको बिर्तामोड नगरपालिका डाँडागाँउ ८ स्थितबाट चोरीको मोटरसाइकलसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार (आज) दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मे १० प ३२०७ नम्बरको होण्डा साइन मोटरसाइकल चोरी गरेर लैजादैँ गरेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ९ का १९ वर्षीय हरी गुरुङ रहेका छन् ।
मोटरसाइकलसहित पक्राउ परेका गुरुङको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post