Tuesday, November 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुर : एक करोड लागतमा प्रसूति सेवा भवन निर्माण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २८, २०८०
in समाचार
0
भोजपुर : एक करोड लागतमा प्रसूति सेवा भवन निर्माण
69
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा सुविधासम्पन्न प्रसूतिसेवा भवन निर्माण  भएको छ । जिल्लाको विकट यो गाउँमा रु एक करोड लागतमा भवन निर्माण गरिएको हो ।

भवन निर्माणसँगै सुत्केरी गराउन तथा स्वास्थ्य सेवा लिन छिमेकी जिल्ला सङ्खुवासभा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।  भवनमा आवश्यक उपकरण पनि जडान गरिएको छ । अब स्वास्थ्य सेवा लिन सहज भएको स्थानी वीरबहादुर तामाङले बताउनुभयो ।

“यो दुर्गम ठाउँमा सुविधासम्पन्न स्वस्थ्य भवन बनेको छ, सेवा लिन सङ्खुवासभा जानुपर्ने बाध्यत्मक अवस्थाको अन्त्य भएको छ । अब राज्यले आवश्यक जनशक्ति व्यवस्थापनमा ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो ।

यो भवनबाट षडानन्द नगरपालिका वडा नं १०, ९, ८ र ३ का स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने वडाध्यक्ष निमा शेर्पाले बताउनुभयो । नेपाल हेल्पिङ एजुकेशन फाउण्डेसन अफ नेपालको अनुदानमा रु एक करोड लागतमा केन्द्र स्थापना गरिएको हो । भवन निर्माणमा  जर्मनीका दुई र स्वीटजरल्याण्डको एउटा संस्थाको सहयोग रहेको उहाँले जानकारी दिनुभयो ।

नवनिर्मित सात कोठाको भवनमा आवश्यक सम्पूर्ण आधुनिक  उपकरण जडान गरिएको फाउण्डेसनका प्रबन्धक रामकुमार तामाङले बताउनुभयो । “करिब रु एक करोड लागतमा भवनसँगै आवश्यक उपकरण जडान गरेका छौँ, यहाँ आवश्यक पर्ने जनशक्ति षडानन्द नगरपालिकाले व्यवस्थापन गर्ने सम्झौता गरेका छौँ । यहाँ शल्यक्रिया गरेर सुत्केरी गराउन सक्ने उपकरण जडान गरिएको छ । यससँगै अन्य स्वास्थ्य सेवा पनि प्रवाह गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

सम्झौताअनुसार जनशक्तिको व्यवस्थापन गरिने नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । नवनिर्मित भवनलाई सरकारको स्वामित्वमा ल्याएर जनशक्ति व्यवस्थापनसँगै सञ्चालन गरिने उहाँले बताउनुभयो ।

भवन निर्माण गर्न स्थानीय सुवास तामाङले निःशुल्क एक रोपनी जग्गा प्रदान गर्नुभएको हो । उहाँकै आमा पाक्तुरी मायाको नामबाट भवनको नामकरण गरिएको छ ।

Tags: #भोजपुर#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास
समाचार

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

by टाकुरा न्यूज । इटहरी
मंसिर ७, २०८३
0

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको सोमबार संयुक्त...

कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित
समाचार

कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित

by टाकुरा न्यूज । इटहरी
मंसिर ७, २०८३
0

विराटनगर : सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले कोशी प्रदेशमा ‘सुरक्षित यात्रा अभियान’ शुभारम्भ गरिएको छ। अभियानको अवसरमा...

इटहरीमा सामाचकेवा सांस्कृतिक कार्यक्रम सम्पन्न

इटहरीमा सामाचकेवा सांस्कृतिक कार्यक्रम सम्पन्न

मंसिर ७, २०८३
चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

मंसिर ६, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार कैदी पक्राउ

मंसिर ६, २०८३
ताप्लेजुङस्थित पाथीभरा मन्दिरकाे सजावट

पाथीभरा दर्शनमा बढ्यो चाप, एक महिनामै ५० लाख भेटी

मंसिर ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

मंसिर ७, २०८३
कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित

कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित

मंसिर ७, २०८३
इटहरीमा सामाचकेवा सांस्कृतिक कार्यक्रम सम्पन्न

इटहरीमा सामाचकेवा सांस्कृतिक कार्यक्रम सम्पन्न

मंसिर ७, २०८३
चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

मंसिर ६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1118 shares
    Share 447 Tweet 280
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1094 shares
    Share 438 Tweet 274
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    390 shares
    Share 156 Tweet 98
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    340 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    276 shares
    Share 110 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.