झापा : झापाको झापा गाउँपालिका ५ स्थितबाट ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी गस्ती टोलीले शंका लागेर चेकजाँच गर्दा मे १० प ५६४२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गरेका बाह्रदर्शी गाउँपालिका ४ का जफिर आलमको साथबाट १६ ग्राम ब्राउनसुगर र नगद ११ हजार रुपैयाँसहित बरामद गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका आलमको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post